☰ open Loading... 19 April 2024|  

बेसहारा सल्यानकी सुनितालार्इ सुर्खेत ल्याइयाे
  | १ आश्विन २०७५, सोमबार २०:३८

बुद्धिमान पुन
सल्यान  । आमाबुवा गुमाएर बेसाहारा बनेकी सल्यान बागचौर नगरपालिका ४ सेतोगुराँसकी ८ बर्षिया सुनिता बिकलाई सुर्खेत पठाईएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको पहलमा उनलाई सुर्खेत पठाईएको हो ।

सोमबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, जिल्ला बाल कल्याण समितीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, बागचौर नगरपालिका ४ का वडाअध्यक्ष प्रेम बहादुर पुन, सुनिताका मामा कृष्ण बहादुर बिक, पत्रकार लगाएत सरोकारवालाहरुको रोहबरमा उनलाई सुर्खेत पठाईएको हो ।

२०६४ सालमा स्थापना भएको कोपिला भ्याली सेवा समाज सुर्खेतद्धारा सञ्चालित कोपिला भ्याली स्कुलमा पठाईएको हो । उनलाई कोपिला भ्याली स्कुलमा खाने, बस्ने, पढ्ने सबै निशुल्क रुपमा ब्यबस्था गरिएको छ ।

उनलाई १२ कक्षा सम्म निशुल्क पढ्ने ब्यबस्था गरिएको छ । १८ बर्षको उमेर सम्म उनलाई सबै कुरा निशुल्क गरेर राखिने समाजका अध्यक्ष टोपबहादुर मल्लले बताए । असाय, आमाबुवा गुमाएका टुहुरा बालबालिकाहरुलाई निशुल्क रुपमा पढाउनको लागी कोपिला भ्याली सेवा समाज खोलिएको बताउदैँ उनले अहिले ४ सय बढी बालबालिकाहरुले पढिरहेको बताए ।

उनले सल्यानकी ८ बर्षिया बालिका सुनिताको उज्ज्वल भबिष्य कोपिलाले बनाउने बताए । साथै उनले सुनिताको अभिभाबकको रुपमा आफुहरुले काम गर्ने बताए । बालिका सुनितालाई लिन सल्यानका आएका मन्त्री ज्वालाले सुनिताको अभिभाबकको रुपमा काम गर्न कोपिला भ्यालीलाई सुझाव दिए ।

सल्यानमा भएको अल्पनिय घटनामा परेर आमाबुवा सँगै दुई बहिनी र एक भाई गुमाएकी सुनिताको हरेक क्षेत्रको बिकासको लागी कन्जुसाई नगर्न आग्रह गरे । उनले जिल्लामा घटेका घटनाले आफुलाई दुखित बनाएको बताए ।

उनले परिवारका ५ जना गुमाएर बाँच्न सफल भएकी सुनिता सँगै उनकी २ दिदिहरुको लागी सहयोग गर्न सबैलाई आग्रह गरे । उनले आफ्नो एक महिनाको आधा तलव पिडित परिवारको लागी उपलब्ध गराउने बताए ।

साथै सहयोग गर्न बिभिन्न निकायहरु आग्रह समेत गरे । गत भदौ १२ गते राती बागचौर नगरपालिका वडा नम्बर ४ सेतोगुराँस स्थित आफ्नै घरमा सुतेका ५ जनाको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किदा मृत्यू भएको थियो ।

जसमा सुनिताका बुवा ४० बर्षिय बुवा रामसिंह कामी, आमा ३५ बर्षिय आमा रामकला कामी बहिनी ७ बर्षिय गगां बिक, ६ बर्षिय प्रमिला बिक र भाई ४ बर्षिय रुपलाल बिक रहेका थिए ।