☰ open Loading... 25 April 2024|  

अन्तर्राष्ट्रिय रेफ्रि लासिवाले भने ‘कर्णालीलाई भलिवलले चिनाउँछाैं’
  | २ आश्विन २०७५, मंगलवार १८:५८

सुर्खेत । भलिवलका अन्तर्राष्ट्रिय रेफ्री गोतमप्रसाद लासिवाले कर्णालीलाई भलिवलवाटै चिनाउन सकिने बताएका छन् । नेपालका एक मात्र अन्तर्राष्ट्रिय रेफ्री लासिवाले कर्णाली प्रदेश स्तरिय भलिवल रेफ्रि तालिम दिन आउने क्रममा भलिवल खेलको सम्भावनाबारे आफ्नो धारणा राख्दै यसका लागि कर्णाली सम्भावित क्षेत्र भएको बताए ।


‘मेरो अनुभवमा कर्णाली भलिवलको लागि नौलो स्थान होइन’ उनले भने, ‘कर्णालीलाई भलिवलले चिनाउन सक्छ ।’ अन्तर्राष्ट्रिय रेफ्रि लासिवाले अवशर दिए कर्णालीले यसैमा आफ्नो पहिचान बनाउन सक्ने बताए । अहिले एसियाड खेलमार्फत भलिवलमा १५ औं स्थानमा उक्लेको स्मरण गर्दै उनले भलिवलमा आँफुहरु सफल भएको दावी गरे ।

कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले सुर्खेतमा २०२९ सालमा नै राष्ट्रिय स्तरको भलिवल प्रतियोगिता आयोजना गरिएको स्मरण गर्दै प्रदेशलाई भलिवलको विकासका लागि सवैको सहकार्य आवश्यक भएको बताए ।

नेपाल भलिवल संघका केन्द्रिय अध्यक्ष मनोरञ्जन रमण शर्माले अपेक्षा अनुरुप भलिवल खेलमा प्रगती भएको बताए । शर्माले खेलकुदको विकासका लागि समिक्षा गरी अगाडी बढ्ने बताए ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष एवं भलिवलका पूर्व राष्ट्रिय खेलाडी निरञ्जन के.सी.ले खेलाडीहरु राज्यवाट उपेक्षित हुँदा र खेलमा पूर्वाधार विकास नहुँदा आशा गरिए अनुसार खेलकुदको विकास हुन नसकेको बताए ।

त्यस्तै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं भलिवल संघका जिल्ला अध्यक्ष चन्द्रकुमार गिरीले भलिवललाई ग्रामिण स्तरमा सञ्चालन गर्न र चिनाउनका लागि पनि प्रशिक्षण लिन आवश्यक रहेको बताए ।

भलिवलका केन्द्रिय सदस्य एवं कर्णाली प्रदेश संयोजक सोमबहादुर श्रेष्ठ मंगलले भलिवल खेल आयोजना गर्न सहज होस भनेर पहिलो पटक कर्णाली प्रदेश स्तरिय भलिवल रेफ्री प्रशिक्षण आयोजना गरेको बताए ।

प्रशिक्षणमा कर्णालीका १० जिल्लाहरु लगायत अछाम, दाङ्ग, बाँके, बर्दिया र पाल्पावाट समेत ७५ जना प्रशिक्षार्थीहरु सहभागि रहेका छन् ।