☰ open Loading... 19 April 2024|  

सुर्खेतका २ सय ३० वटा उप–आयोजना स्थानीय तहलाई हस्तान्तरण
  | २ आश्विन २०७५, मंगलवार १९:०८

सुर्खेत । उच्च मुल्य कृषि बस्तु विकास आयोजनाले आफुले संचालन गरी सम्पन्न गरेका सुर्खेतका २ सय ३० वटा उप–आयोजनाहरु सम्वन्धीत स्थानीय तहलाई हस्तान्तरण गरेको छ । मंगलबार बीरेन्द्रनगरमा भएको ‘आयोजना सम्पन्न गोष्ठी’ मा कृषक समुह-सहकारी संस्था र निजी सेवा प्रदायकहरुले संचालन गरी सम्पन्न गरेका उप–आयोजनाहरु स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।

आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीले सुर्खेतका ९ वटा स्थानीय तहलाई विस्तृत विवरणसहित उप–आयोजनाहरु हस्तान्तरण गर्नु भएको छ । उनले बीरेन्द्रनगर नगरपालिकालाई ४६, गुर्भाकोट नगरपालिकालाई ३८, भेरीगंगा नगरपालिकालाई २८, पंचपुरी नगरपालिकालाई २५, लेकवेसी नगरपालिकालाई २३ वटा उप आयोजना हस्तान्तरण गरेका छन् ।

यस्तै बराहताल गाउँपालिकालाई ३५ वटा, सिम्ता गाउँपालिकालाई ९ वटा, चिंगाड गाउँपालिकालाई २३ र चौकुने गाउँपालकालाई ३ गाउँपालिकालाई एउटा उप–आयोजना पनि हस्तान्तरण भएको छ ।

हस्तान्तरण गरिएका उप–आयोजनामा बेमौसमी तरकारीका ७५, खसीबोकाका ६४, बेसारका २४, अदुवा ४३, तरकारी बीउ ११, टिमुरका ७ र व्यवसायी सेवाका ६ वटा रहेका छन ।

गोष्ठीमा आयोजना प्रमुख भारीले उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले सुर्खेतका किसानलाई ३० करोड २९ लाख ५३ हजार रुपैया अनुदान सहयोग गरेको जानकारी दिए ।

उनले खसीबोवा, बेमौसमी तरकारी, तरकारी बीउ, अदुवा, बेसार मुल्य श्रृंखलामा अनुदान पाएपछि लाभग्राही किसानहरुले पनि आफ्नोतर्फबाट २२ करोड ४० लाख ९१ ह्जार रुपौया लगानी गरेको बताए ।

आयोजनाले सहकार्य गरेका ३ सय ३० वटा उप–आयोजनामा आवद्ध ५ हजार ४ सय ५ घरधुरी किसानको आयस्तर बृद्धिमा सहयोग पुगेको छ । आयोजनाको सहयोगपछि किसानको आम्दानी सगसँगै कृषि जन्यवस्तुको उत्पादन र विक्री परिमाणमा पनि उल्लेख बृद्धि भएको छ । आयोजनाले सहयोग गरेका किसानको आधार वर्षको आम्दानीमा ८ गुणाले बृद्धि भएको छ ।

आधार वर्षमा प्रतिघरधुरी ४ हजार ४ सय ४५ रुपैया रहेको रहेकोमा आयोजना सम्पन्न हुँदा आम्दानी बढेर ४० हजार २ सय ७१ रुपैया पुगेको उनले बताए । आयोजनाको सहयोगपछि किसान आधार वर्षको तुलनामा ३५ हजार ८ सय २६ रुपैया थप आम्दानी गर्न सफल भएका छन ।

मुल्य श्रृखलागत रुपमा भन्दा आधार वर्षको तुलनामा अदुवामा १२ हजार ७, खसीवोकामा ६१ ह्जार २ सय १, बेमौसमी तरकारीमा ३६ हजार ३ सय ९३, टिमुरमा ५४ हजार ५ सय ३४, बेसारमा ५४ हजार ६ सय ४६ र तरकारी वीउमा १३ हजार १ सय ४९ आम्दानी गर्न किसान सफल भएको पाइएको छ । आयस्तर बृद्धिसगै किसानले उत्पादनमा पनि बढाएका छन ।

अायाेजना प्रमुख भारी सम्मानित

उच्च मूल्य कषि वस्तु विकास अयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारी सम्मानिति भएका छन् । कर्णाली प्रदेशमा किसानलाई टिमुर खेती तर्फ आर्कषित गर्न टिमुरको नर्सरी स्थापना गर्न र उत्पादित टिमुरलाई अन्तराष्टिय बजारसम्म पुरयाउन योगदान सहयोग गरेको भन्दै भैरव सामुदायिक बन उपभोक्ता समुहले सम्मान गरेको हो ।

आयोजना प्रमुख भारीलाई जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलले दोसल्ला ओडाएर सम्मान गरेका थिए । उनले सुर्खेती जनताको तर्फबाट सम्मान पत्र, मायाको चिनो समेत प्रदान गरेका थिए ।

आधार वर्षमा १ हजार १२ मेट्रिक टन रहेको उत्पादन आयोजना सम्पन्न हुँदा बढेर ३ हजार ७ सय ५९ मेट्रिक टन पुगेको छ । यस्तै उत्पादनसगै बिक्री परिमाण पनि बढेको छ ।

आधार वर्षमा प्रतिवर्ष ९ सय ९ मेट्रिक टन रहेको विक्री परिमाण बढेर आयोजना सम्पन्न हुँदा ३ हजार ३ सय ६५ मेट्रिक टन पुगेको छ । आयोजनाले अनुदान सहयोग गरेका किसानमध्ये ५८ प्रतिशत महिला र ४२ प्रतिशत रहेका छन । आयोजनाले ९० प्रतिशत गरिव परिवार र ४४ प्रतिशत दलित र जनजाति परिवारलाई समेटेको पनि आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीले बताए ।

गोष्ठीमा नयाँराम बयक, गणेश रोकाय, डम्वर राना, हर्कबहादुर खत्री, पुजा सिह र सुरेन्द्र शाहीले आयोजनाको सहयोगपछि आफु र आफ्नो समुहका सदस्यहरुमा आएको परिवर्तन सम्वन्धी अनुभव तथा सिकाई सुनाउनु भएको थियो भने आयोजनालाई कार्यान्वयन गर्न सहयोग गर्ने विभिन्न सरकारी तथा गैरसरकारी निकाय तथा उपआयोजनालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा आयोजनाले तयार पारेको बेमौसमी तरकारी र टिमुर मूल्य श्रृंखला सम्वन्धी बृतचित्र पनि देखाइएको थियो । आयोजनाल सुर्खतमा तरकारी बजार, संकलन केन्द्र, सिचाई कुलो, पोखरी, बाख्राका खोर, झोलुंगे पुल, कल्र्भड गरी १ हजार ४ सय ८७ पूर्वाधार निर्माण गरेको छ ।

‘आयोजना सम्पन्न गोष्ठी’ मा जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देल, बीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, पंचपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापा, लेकवेसी नगरपालिकाका प्रमुख गगनसिं सुनार, बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत र चिंगाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दले आयोजनाले सुर्खेतका विपन्न किसानको जीवनस्तर सुधार ल्याउन महत्वपूर्ण योगदान दिएको भन्दै आयोजनाको प्रशंसा गरे । उनीहरुले आगामी दिनमा नयाँ आयोजनासंग समन्वय गरेर काम गर्न तयार रहेको उल्लेख गरे ।

‘आयोजना सम्पन्न गोष्ठी’ को समापन गदै उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले आयोजनालाई सफल बनाउन सहयोग गर्ने किसान, समुह-सहकारी, सरकारी तथा गैरसरकारी संघसंस्था, सरकोकालवाला निकाय, संचार माध्यमप्रति हार्दिक आभार प्रकट गदै आगामी दिनमा पनि रचनात्मक सहयोग र साथको अपेक्षा व्यक्त गरे ।