☰ open Loading... 18 April 2024|  

नदीजन्य बस्तु उत्खनन् नगर्न नगरपालिकाको आग्रह
  | २ आश्विन २०७५, मंगलवार १९:५२

बुद्धिमान पुन
सल्यान । सल्यानको बागचौर नगरपालिकाले नदीजन्य बस्तु उत्खनन् तथा निकासी नगर्न आग्रह गरेको छ । नगरपालिका भित्रको क्षेत्रका कुनै पनि नदी तथा खोला बाट नदिजन्य बस्तु निकासी तथा उत्खनन् नगर्न आग्रह गरेको हो ।

अहिले नगरभित्रका खोलाहरु बाट ढुंगा, गिट्टी, बालुवा, ग्राभेल झिक्न, थुपार्न तथा निकासी नगर्न नगराउन सबैलाई अनुरोध गरेको छ । नगरप्रमुख लोकमान बढाथोकीले अहिले नदिजन्य बस्तु निकासीको लागी कुनैपनि ब्यक्ति तथा संस्थालाई अनुमती नदिईएकाले निकासी नगर्न आग्रह गरेका हुन् ।

उनले बर्षातको समयमा नदिजन्य बस्तु निकाल्दा नदि तथा खोला वारीपारी कटान गर्न सक्ने भएकाले उत्खनन् नगर्न आग्रह गरेका छन् । ‘नदी र खोलाको ढुंगा, गिट्टी, बालुवा निकाल्दा खोलाले कटान गरेर खेतवारी तथा बस्ती नै जोखिममा पर्न सक्छ, यसतर्फ सजक रहनको लागी निकासी बन्द गरेका हौँ’’ उनले भने ।

उनले जथाभावी नदीजन्य बस्तुको उत्खनन् गर्दा जलचर प्राणीहरु पनि लोपहुदैँ जाने र प्राकृतिक सुन्दरता पनि हराउदैँ जान थालेपछि बन्द गरेको बताए । नगरप्रमुख बुढाथोकीले बर्षात सकिए सँगै नदिजन्य बस्तु निकासी गर्न सकिने बताए ।

उनले नगरपालिकाले बनाएको मापदण्डमा आधारित रहेर, जलचर प्राणी तथा प्राकृतिक सुन्दरतामा कुनै असर नपर्ने गरी उत्खनन् तथा निकासी शुरु गरिने बताए ।