☰ open Loading... 20 November 2019|   बुधबार, मंसिर ४, २०७६

संविधान दिवसमा कर्णालीकाे राजधानीमा प्रभातफेरी (तस्वीरसहित)

  |

सुर्खेत । आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर अाज देशभर संविधान दिवस मनाइँदैछ ।

कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रगरमा प्रभातफेरीकाे अायाेजना गरेर संविधान दिवस मनाइएकाे छ । कर्णाली प्रदेश सरकार संविधान दिवस मुल समाराेह समितिले वीरेन्द्रनगरमा प्रभातफेरि गरेकाे हाे ।

स्थानीय मंगलगढीचाैकबाट शुरू भएकाे र्याली बजार परिक्रमा गरेर वीरेन्द्रनगरकाे खुलामञ्चमा पुगेर कार्यक्रमकाे अायाेजना गरिएकाे थियाे ।  र्यालीमा कर्णाली प्रदेशका कानुन मन्त्री नरेश भण्डारी, सांसद, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक, विद्यार्थी, घुमन्ते जाती राउटे लगायतकाे उपस्थिति थियाे ।

प्रकाशित मितिः बुधबार, अशोज ३, २०७५     8:36:56 AM
error: Content is protected !!