☰ open Loading... 16 April 2024|  

दैलेखकाे चामुण्डाविन्द्रासैनीमा पनि मनाइयाे संविधान दिवस
  | ३ आश्विन २०७५, बुधबार १८:१४

संविधान कार्यान्वयमा एक हौं : मेयर शाही

चामुण्डा (दैलेख) ।  संविधान कार्यान्वय गर्नका लागि एकताको आवश्यक पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेखका नगर प्रमुख सुर्यबहादुर शाहीले बताएका छन । नगरपालिकाले आयोजना गरेको संविधान दिवसमा नगरवासीलाई शुभकामना दिदै यस्तो बताएका हुन ।


‘स्थानीय, प्रदेश र संघिय सरकारले मात्र संविधान कार्यान्वय गर्न नसक्दैन’ उनले भने ‘कार्यान्वय लागि सबै एकजुट हुनुपर्ने आजको आवश्यकता हो ।’ साथै दिगो विकास, समृद्धि, सुशासन र शान्ति सुरक्षा कायमका गर्नका लागि संविधानलाई स्थायित्वमा गर्नुपर्नेमा जोड दिए । संविधानलाई कार्यान्वय गर्नका लागि इमान्दारिता र अनुशासन रहित समाजको खाँचो पर्ने उनले बताए ।

अनुशासित समाजले मात्र संविधान कार्यान्वय गर्न सक्ने उनको भनाई छ । ‘नेपालकै इतिहांसमै यो संविधान विश्कै उत्कृष्ट संविधान हो ।’ नेपालको संविधान २०७२ ले नागरिकको गाँस, बास, कपास, स्वास्थ्य शिक्षाको विषयलाई ग्यारेण्टी गरेको उनले बताए ।

यगैगरी कार्यक्रममा नगर उप–प्रमुख ताराकुमारी शाहीले संविधान कार्यान्वय गर्ने सबैको काँधमा आएको उनले बताईन । समावेसी समाज निर्माण परिकल्पना गरेको हाम्रो संविधानलाई कार्यान्वय गर्नुपर्ने आजको आवश्यकता हो । उनले मुलुकमा राजनीतिक लडाई सकिएकाले अबको लडाई आर्थिक समृद्धिको हो ।

नागरिकहरु आर्थिक समृद्धि लडाईमा सहभागी हुनुपर्नेमा जोड दिईन । साथै संविधान कार्यान्वयका लागि कर्मचारी र जनप्रतिनीधि बीच सम्बन्ध समधुर हुनुपर्ने उनले बताईन ।

कार्यक्रममा वडा नं. १ का अध्यक्ष रंगबहादुर तामाङ्ग, वडा नं. ५ का अध्यक्ष नारायण प्रसाद रेग्मी, वडा नं. ८ अध्यक्ष वीरबहादुर शाही, वडा नं. ८ का वडा अध्यक्ष नन्दप्रसाद जैसीले संविधान कार्यान्वयमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।

‘संविधान दिवस’ २०७५को शुभकामना

आदरणीय नगरवासी आमा बुबा, दाजु्भाई तथा दिदीबहिनीहरु
नेपाली जनताले विभिन्न समय र कालखण्डमा गर्दै आएको विभिन्न ऐतिहासिक जनआन्दोलन, त्याग, तपश्या बलिदानी र संघर्षको परिमाण स्वरुप प्राप्त भएको नेपालको संविधान जारी गर्न आफ्नो ज्यानको वलि दान दिनुहुने ज्ञात÷अज्ञात शहिदहरु प्रति हार्दिक श्राद्धान्जली व्यक्त गर्दै शहिद परिवारप्रति समवेदना व्यक्त गर्न चाहान्छु ।

आज हामी २०७५ साल असोज ३ गते ‘संविधान दिवस’ मनाउन लागि रहेको यस सुखद् अवसरमा आम जनसमुदायको उत्तरोत्तर प्रगति सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।

संविधान हाम्रो मुल कानून हो हाम्रो संविधानले हामी नेपालीका विभिन्न अधिकारहरु जो विगतमा केही व्यक्तिहरुको हातमा सिमित थिए त्यस्ता अधिकारहरु नेपालको संविधनान ले सवैको लागि समानरुपले प्रदान गरिदिएको छ ।

केन्द्रमा रहेका तमाम अधिकारहरु आज गाँउ गाँउमा जनतनाले प्रत्यक्ष खोज्न पाउने अवस्था हाम्रो संविधानले व्यवस्था गरेको छ । हाल नेपालमा संघियता कार्यान्वयनको वर्तमान अवस्थामा सबै क्षेत्र, वर्ग, जात समुदाय लगायत सम्पुर्ण सबैको अमुल्य योगदानको आवश्यकता महसुस भएको छ ।

लामो समयदेखि नेपालमा चलि आएको केन्द्रिकृत शासन प्रणालीलाई विस्थापित गर्दै नेपाल तीन तहको संघिय शासन प्रणालीमा प्रवेश गर्न सफल भएको छ ।

यो संविधानको सफलतासंगै ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारालाई आत्मसाथ गर्दै संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको माध्यमबाट शान्ति सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्न प्रत्येक आम नागरिकले जिम्मेवारी पुर्वक आ–आफ्नो क्षेत्रबाट भुमिका निर्वाह गर्ने बेला आएको छ ।

संविधान प्रदत्त अधिकारको प्रयोग होस वा दायित्वको सवाल होस आत्मा साक्षी राखी गम्भिर भएर सोच्नु पर्ने बेला भएको छ । प्राप्त उपलब्धी रक्षा एवम् संस्थागत सवलिकरण गर्न सकिएन भने दोषारोपण गर्नाले हाम्रो समृद्धि तर्फको यात्रा निश्चित रुपमा ओझेल पर्ने देखिन्छ ।

समयको गतिशिलतालाई नबुझ्नु, समय मागको उपेक्षा गर्नु समाज र राष्ट्रको लागि प्रत्युपादक हुनसक्छ । आज समयले हामी जो जसलाई जे भुमिकामा उभाएको छ उक्त आफ्नो भुमिकामा न्याय गर्न सकौँ, सहकार्य र समन्वय हाम्रो मन्त्र बनोस, जनताको हित नै हाम्रो अभिष्ट बन्न सकोस यही शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहका साथ अझ बढी थप सहकार्य र समन्वय गर्दै जाने प्रतिवद्धता समेत जाहेर गर्दछु ।

आउनुहोस नगरको समृद्धि र विकासका निमित्त हातेमालो गर्दै संग–संगै अगाडी बढौँ । ‘संविधान दिवस’ २०७५ को शुभकामना ।