☰ open Loading... 6 December 2019|   शुक्रबार, मंसिर २०, २०७६

सुर्खेतमा भएका छट्टाछुट्टै घटनामा ६ जना घाइते

  |

पश्चिमनेपाल डेस्क
सुर्खेत । सुर्खेतमा भएका छुट्टाछुट्टै घटनामा ६ जना घाइते भएका छन् । वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्र नजिकै मोटरसाईकललाई ट्याक्टरले ठक्कर दिँदा चार जना घाइते भएका छन् ।


मंगलढी चौकतर्फ आउँदै गरेको भे ६ प ६०७२ नम्बरको मोटरसाईलकलाई भे १ त ८४९२ नम्बरको ट्याक्टरले ठक्कर दिँदा चार जना घाइते भएका छन् । घाइते हुनेमा बोदेबरसाईन नगरपालिका–१० सत्तरी जिल्लाका ४५ वर्षिय हरिनन्द अधिकारी, सोही ठाउँका ३२ वर्षिय रामप्रवेश दास, ४० वर्षिय राजकुमार दास र १७ वर्षीय राजु चौधरी छन् ।

उनीहरुको माया नर्सिङ्ग होममा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक हरी विसले जानकारी दिए । उनका अनुसार ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता, वीरेन्द्रनगर–११ सुब्बाकुना मोडमा अटोलाई एम्बुलेन्सले ठक्कर दिँदा एक जना घाइते भएका छन् । नेपालगञ्जतर्फ जाँदै गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालतको बा २ झ ३०९३ नम्बरको एम्बुलेन्सले बिपरित दिशाबाट आउदै गरेको भे १ ह २८९३ नम्बरको अटोलाई ठक्कर दिएको हो ।

अटोमा सवार भेरीगंगा–१२ बस्ने १६ वर्षीय सुजन रामजाली घाइते भएको सुर्खेत प्रहरीले जनाएको छ । उनको देउती नर्सिङ्ग होममा उपचार भइरहेको छ ।

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–२ धाबमा भिरबाट ५० वर्षीय बेलबहादुर खाँण खस्दा गम्भीर घाइते भएका छन् । धावदेखी पुरानो गाउँ जाने क्रममा १० फिट अग्लो भिरबाट खाँण खसेको प्रहरीको भनाई छ । उनको हाल मेहलकुना अस्पतालमा उपचार भइरहेको पनि प्रहरीको भनाई छ ।

प्रकाशित मितिः बिहिबार, अशोज ४, २०७५     11:26:31 AM
error: Content is protected !!