☰ open Loading... 17 September 2019|   मङ्लबार, भदौ ३१, २०७६

जडीबुटी चोरी निकासी

  |

जाजरकोट । बारेकोट गाउँपालिका–४ स्थित खेताली, दियाबाल्न कोटे वनमा जडीबुटीको चोरी निकासी बढेको छ । निकासी बन्द गरेपछि जडीबुटी चोरी निकासी बढेको हो ।

जुम्ला सिमानामा रहेको सो वनबाट दैनिक जडीबुटी चोरी निकासी भइरहेको बारेकोट गाउँपालिका–५ का खड्कविक्रम शाहीले बताए । जुम्लाका व्यापारीको मिलेमतोमा चोरी निकासी बढेको उनको भनाइ छ । जटामसी, सतुवालगायतका जडीबुटी चोरी निकासी भइरहेको छ । चोरी निकासी हुँदा राजश्वमा कमी आउने देखिएको छ ।

आइतबार स्थानीयवासी, जिल्ला प्रहरी र जिल्ला वन कार्यालयबाट गएको टोलीले जडीबुटी बरामद गरेको छ । जुम्लाबाट आएको तस्कारको समूह वनमै पाल टाँगेर जडीबुटी तस्करी गरिरहेको पाइएको छ ।

अनुगमन टोली त्यहाँ पुगेपछि तस्करको समूह भागेको थियो । तस्करको समूहले वनमा लुकेर जडीबुटी चोरी निकासी गर्दै आएको छ । बारेकोट गाउँपालिका–४ बाट सो वनमा पुग्न दुई दिन पैदल हिँड्नु पर्ने भएकाले निरन्तर अनुगमन गर्न समस्या वडा नं ४ का वडाध्यक्ष सिर्जना बस्नेतले बताए ।

प्रकाशित मितिः बिहिबार, अशोज ४, २०७५     4:32:26 PM
error: Content is protected !!