☰ open Loading... 20 April 2024|  

सुर्खेतमा सबै समिति र प्रा.लि.का गाडीहरु सञ्चालन
  | ५ आश्विन २०७५, शुक्रबार ०७:२३

सुर्खेत । सवारी चालकहरुको बन्दका कारण सुर्खेतमा बिहिबार आंशिक प्रभाव परेपनि शुक्रबार सबै सवारीहरु सञ्चालनमा आएका छन् । सुर्खेतबाट छुट्ने लामो तथा छोटो दुरीका सबै सवारीहरु शुक्रबार विहानैदेखी सुचारु भएका छन् ।

बिहिबार देउती नागरिक यातायात प्रा.लि. र अन्य प्रा.लि.हरुले गाडीहरु छिटपुट सवारी सञ्चालन गरेपनि शुक्रबार विहानैदेखी सबै समिति र प्रा.लि.हरुले सवारी सञ्चालन गरेको वीरेन्द्रनगर नगरप्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक तेजबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार सुर्खेतबाट छुट्ने लामो तथा छोटो दुरीका यातायातहरु सञ्चालन आउँदा यात्रुहरु गन्तव्य जान थालेका छन् । सुर्खेतमा रहेका मध्यपश्चिम यातायात व्यवसायी समिति, काँक्रेविहार यातायात बस व्यवसायी समिति, देउती नागरिक, सुर्खेत–बुलबुले, सुर्खेत–देउती, हिल्सा पब्लिक यातायात लगायत प्रा.लि. तथा समितिहरुले बिहानैदेखी गन्तव्यका लागि सवारी पठाइरहेका छन् ।