☰ open Loading... 20 April 2024|  

लम्कीदेखी सुर्खेतसम्मको व्यापार यात्रा
  | ५ आश्विन २०७५, शुक्रबार ०८:१६

पश्चिम सुर्खेतको साविकको गाविस विद्यापुर–४ विजुमा जन्मिएका गोपाल प्रसाद पौडेल परिवारका कान्छा छोरा हुन् । जन्मिएको र हुर्किएको ठाउँ विजुमै उनले निम्न माध्यामिक शिक्षा हासिल गरे । मध्यम वर्गीय परिवारका पौडेलले बाँकी माध्यमिक तहको पढाई भने कैलालीको टिकापुरमा पूरा गरे ।

बुवा आमाले देखाएको पथमै हिड्ने र असल छोरा बन्ने सोचमा उनमा थियो । बुवा आमाले आफ्ना लागि गरेको श्रमले उहाँको चाहना विपरित हिड्ने सोच उनको मनमा कहिल्यै जागेन् । माविसम्मको पढाई टिकापुरमा सकेर उनी बाँकी पढाई पूरा गर्न काठमाडौं हानिए । परिवारको आग्रह अनुसार नै उनले काठमाडौंमै बसेर आइएसम्मको पढाइ पूरा गरे ।

काठमाडौंमा पढ्ने क्रममा पौडेलले २०५३ सालको अन्त्यतिर नेपाल प्रहरीको असई पदमा आवेदन समेत दिए । ऊ बेला प्रतिस्पर्धामा उत्रने कमै थिए प्रहरीमै जागिर खान चाहेको भए उनी असई हुने निश्चित जस्तै थियो । तर बुवा आमाले प्रहरी बन्नुभन्दा व्यापारमै होमिन कर गरेपछि काठमाडौं छाडेर पौडेल सिधै लम्की हानिए ।

उमेरमा चार दशक पार गरेका पौडेल मेहनति र पौरखी व्यापारी हुन् । बुवा आमाले नै पहिलादेखि नै व्यापार गर्दै आएकाले उहाँहरुकै देनबाट लम्कीमा २०५७ बाट व्यापारमा होमिए । बोल्नेभन्दा काममा लगाव राख्ने पौडेलले लम्कीमै हार्डवयेर पसलको शुरुवात गरे । सशस्त्र द्वन्द्व चर्किन थालेपछि व्यापारमा भने उतरचढाव भयो ।

राम्रोहुँदै गएको व्यापार विस्तारै ओरालो लाग्यो । तर उनले कहिल्यै हिम्मत हारेनन् । हरेक दिनको सुनौला विहानीसंगै आशाका किरणहरु मनमा जगाउथे । ‘आज पो व्यापार छैन् । एकदिन अवश्य नि राम्रो होला नी भन्दै ति दिन विताए’ विगत सम्झदै पौडेलले भने, ‘संर्घषसंग जुध्यो भने विस्तारै सफलताले नि पछ्याउदो रहेछ ।’ पाँच वर्षसम्म उनले लम्कीमै व्यापार गरे । देशमा विस्तारै आशाका किरणहरु उदाय ।

‘मानविय आवश्यकता त असिमित हुन्छन् । चाहनाहरु कहिल्यै पूरा हुँदैनन् । तर व्यापारमा पूर्ण सन्तुष्टि नै छु’

‘२०६२।०६३ सालको आन्दोलनपछि देशले विस्तारै गति लिएपछि व्यापार पनि राम्रो हुँदै गयो’ पौडेलले थपे, ‘देशमा सशस्त्र द्वन्द्वको अवसानपछि पनि लम्कीकै व्यापारमा गरिरहेको थिए । तर पछि २०६४ सालमा त्यहाँको पसल विक्री गरेर नेपालगञ्जमा व्यापार शुरु गरे ।’ लम्कीबाट नेपालगञ्ज हानिएका पौडेलको व्यवसाय नेपागञ्जमा पनि राम्रो हुँदै गयो ।

हार्डवयेरबाट कपडा पसलको शुरु गरेपनि बुवाआमाबाट सिकेको ज्ञान नेपालगञ्जमै व्यवहारमा लागु गरेको पौडेल बताउँछन् । ‘नेपालगञ्जको व्यापार पनि राम्रो थियो । त्यस क्रममा थप सम्भावना पनि खोजिरहेको थिए’ पौडेलले भने, ‘जन्मभूमिमै केही गर्न सकिन्छ की भनेर २०६६ सालमा सुर्खेतमै नयाँ व्यवसायको थालनी गरे ।’

चार वर्षसम्म पौडेलले नेपालगञ्जमै कपडा पसल सञ्चालन गरे । त्यो विचमा उनले सुर्खेतमा हिरो मोटरसाईकल कम्पनीको सोरुम पनि सुर्खेतमा स्थापना गरिसकेका थिए । परिवार अलग अलग भएर व्यापार गर्दा समस्या भएपछि पौडेलले २०६८ सालमा नेपालगञ्जको कपडा पसल विक्री गरेर सुर्खेत आए ।

जिन्दगीको यो यात्रासम्म आइपुग्न बुवाआमाकै देन रहेको बताउने पौडलले भने, ‘संर्घष नै व्यापार हो । हरेक दिन हरेक चुनौतीको सामना गर्दै व्यापारमा होमिन सहज पनि त छैन् । तर म कहिल्यै विचलित भएन् ।’ सुर्खेत नै जन्मथलो भएकाले सुर्खेतमै केही गर्नुपर्छ भन्ने ध्येयका साथ पौडेलले सुर्खेत यात्रा थालेका हुन् ।

तर उनलाई स्थापित हुन भने सहज थिएन् । यहाँ स्थापित भइसकेका व्यापारीहरुसंग प्रतिस्पर्धा गरेर शुन्यबाट व्यापार गर्नु थियो । उनले व्यापारिक यात्रामा सिकेका ज्ञानहरु लागु गर्दै सुर्खेतमा स्थापना भएको हिरो मोटरसाईकलको सोरुममा लागु गरे । विस्तारै व्यापारले गति लियो ।

परिवारको साथ र समर्थनले सुर्खेतमा सञ्चालन आएको व्यापारबाट पौडल सन्तुष्ट रहेको बताउँछन् । उनी नभएको बेला उनको श्रीमतिले नै व्यापारको सम्हाल्ने गरेकी छन् । ‘मानविय आवश्यकता त असिमित हुन्छन् । चाहनाहरु कहिल्यै पूरा हुँदैनन् । तर व्यापारमा पूर्ण सन्तुष्टि नै छु’ पौडेल भन्छन् ।

हिरो सोरुम (गाेविन्द ट्रेड सप्लायर्स)
हिरो कम्पनीको मोटरसाईकलहरुमा स्टाइलभन्दा पनि कम खर्चिलाका छन् । पछिल्ला वर्ष फेसनवाला मोटरसाईकल खोज्नेको ताँती नै लागेपनि हिरो मोटरसाईकल खरिद गर्नेहरुको क्रेज पनि उत्तिकै रहेको पौडेलको भनाई छ ।

यहीँ सोरुमलाई उनले व्यवस्थित गर्दै ग्राहकहरुलाई थप सुविधा दिने योजनामा छन् । सोरुमबाटै मोटरसाईकल खरिद गरेका ग्राहकहरुलाई सोरुममै पुगेर मोटरसाईकल सर्भिस गर्न सुझाव पौडेल दिन्छन् ।