☰ open Loading... 19 April 2024|  

कर्णाली राजमार्ग अन्तरगत दैलेखको डाबमा जीप दुर्घटना
  | ५ आश्विन २०७५, शुक्रबार ०९:२६

सुर्खेत । कर्णाली राजमार्गको दैलेख खण्डमा शुक्रबार विहान जीप दुर्घटनाहुँदा १० यात्रु घाइते भएका छन् । जुम्लाबाट सुर्खेत आउँदै गरेको भे १ ज ९७९ नम्बरको जीप विहान साढे दुई बजे आठविस नगरपालिका–१ डावमा दुर्घटना भएको हो ।

दुर्घटनामा १० यात्रु घाइते भएका छन् । घाइते सवैलाई उपचारको लागि सुर्खेत ल्याइएको ६ नम्बर प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी योगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

घटनामा घाइते हुनेमा जुम्ला गोठीचौर–४ का ३८ वर्षीय रत्न पाण्डे, सोही ठाउँका १८ वर्षीय राज्य लक्ष्मी पाण्डे, वीरेन्द्रनगर १ सुर्खेतका २६ वर्षीय जयहरी शर्मा, वीरेन्द्रनगर–३ का २२ वर्षीय पुरुषोतम अधिकारी र चन्दननाथ नगरपालिका–१० जुम्लाका १६ वर्षीय प्रकाश न्यौपाने छन् ।

अन्य यात्रुकाे नाम भने खुलेको छैन् । सूचना अधिकारी खड्काका अनुसार चालक सकुसल छन भने बाँकी यात्रुकाे अवस्था सामान्य छ ।

घाइतेहरुको देउती नर्सिङ्ग होम सुर्खेतमा उपचार भइरहेको सूचना अधिकारी खड्काले बताए । बाँकी पाँच जना घाइतेलाई उपचारको लागि सुर्खेतमा ल्याउन लागिएको उनले बताए ।

दुर्घटनाको कारण नखुलेे जानकारी दिएकाे प्रहरीले अनुसन्धान अघि बढाएकाे छ । जीप सडकबाट करिव ७० मिटर तल खसेको प्रहरीको भनाई छ ।