☰ open Loading... 20 April 2024|  

काठमाडौंबाट–कर्णाली आउन काँक्रेविहार यातायातले खोल्यो अग्रिम टिकट बुकिङ्ग
  | ५ आश्विन २०७५, शुक्रबार ११:२७

सुर्खेत । काँक्रेविहार यातायात व्यवसायी संघले काठमाडौंबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत आउन अग्रिम टिकट बुकिङ्ग खुला गरेको छ । अन्य समिति र प्रा.लि.हरुले टिकट बुकिङ्ग नखोलिरहेको बेला दशैँ र तिहार मान्न कर्णाली आउने यात्रुहरुका लागि समितिले शुक्रबारदेखी टिकट बुकिङ्ग खुला गरेको हो ।


दशैँ र तिहारका लागि शुक्रबारदेखी अग्रिम टिकट बुकिङ्ग खुला गरेको संघका सचिव रमेश सापकोटाले जानकारी दिए । यात्रुहरुको सहजताको लागि अग्रिम टिकट बुकिङ्ग खुला गरेको उनको भनाई छ ।

काठमाडौंबाट सुर्खेत, जाजारकोट, रिम्ना, राडी, मालारानी र दैलेख आउने यात्रुहरुले काठमाडौं बसपार्कस्थित टर्मिनल भवनबाट टिकट बुकिङ्ग गर्न सकिने समितिले जनाएको छ । बढ्दो पेट्रोलियम पदार्थको मुल्य अनुसार सरकारलाई समयमै भाडा समायोजनमा गर्न संघको माग छ ।