☰ open Loading... 29 March 2024|  

कर्णालीमा ७६ जना रेफ्री भलिवल खेलाउन योग्य
  | ७ आश्विन २०७५, आईतवार १२:११

सुर्खेत ।  कर्णाली प्रदेशमा ६ दिन देखि जारी भलिवल रेफ्री तालिमवाट ७६ जना प्रशिक्षित भएका छन् । सुर्खेत जिल्ला भलिवल संघले आयोजना गरेको तालिममा ७६ जना भलिवल खेलाउन योग्य भएका हुन् । कतिपय खेलहरु अन्यौलका विच खेलाइरहेको अवस्थामा अव नियमानुसार खेलाउन सक्ने गरी रेफ्री उत्पादन गरिएको संघका केन्द्रिय सदस्य एवं कर्णाली प्रदेश संयोजक मंगल श्रेष्ठले जानकारी दिए । कर्णालीमा दक्ष रेफ्री उत्पादन गर्नका निमित्त तालीम संचालन गरिएको थियो ।

कर्णालीमा पहिलोपटक भएको तालीममा विभिन्न जिल्लाबाट सहभागी भएकाहरुलाई दक्ष रेफ्रीमा हुनुपर्ने शीपका बारेमा सिकाउन आफूहरु सफल भएको विश्वास तालीम आयोजक समितीका संयोजक श्रेष्ठले बताए । तालीम लिएका रेफ्रिहरुले अब प्रदेशस्तरीय खेलकुद संचालन गर्न सक्ने अन्तराष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवाले बताए ।

‘अव यी रेफ्रीले कर्णाली प्रदेशमा ढुक्कले खेल सञ्चालन गर्न सक्छन’ उनले भने, ‘अव बाहिरवाट रेफ्री झिकाउनु पर्दैन ।’ तालीममा सहभागी भएका रेफ्रीहरुले अब तालीमबाट सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्ने बताएका छन् । तालीमका कारण आफूहरुलाई धेरै कुराको ज्ञान भएको उनीहरुको विश्वास छ ।

तालिममा पाल्पा, दाङ, बाँके, बर्दिया, कैलाली, अछाम लगायत कर्णाली प्रदेशका रेफ्रीहरुको सहभागिता रहेको थियो । तालिम समापन समारोहमा नेपालका एक मात्र अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवा र साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रका पूर्व भलिवल प्रशिक्षक लाल बहादुर मल्ललाई सम्मान समेत गरिएको थियो ।