☰ open Loading... 25 August 2019|   आइतवार, भदौ ८, २०७६

संघीयताकाे नयाँ अभ्यासले काममा असहजता : सभामुख शाही

  |

सुर्खेत । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले संघीयता नयाँ अभ्यास भएका कारण सबैलाइ असहजता महसुस भएको आफूले पाएको बताए । विहीबार वीरेन्द्रनगरमा नेफ्स्कूनद्धारा आयोजित कार्याक्रमलाई सम्वोधन गर्दै उनले चाहे स्थानीय तह होस, या प्रदेश सरकार वा सहकार क्षेत्र होस या अन्य क्षेत्र, सबैतीर काम गर्न असहजता व्याप्त छ ।’ सभामुख शाहीले भने, ‘त्यहि असहजतालाई चिर्दै हामी अगाडी बढीरहेका छौं । सबैले अघि बढन जरुरी भएको छ ।’

सभामुख शाहीले प्रदेशसभाले पर्याप्त श्रोत र साधन अभावका बीच पनि जनताका लागि निर्माण गरिएको विधेयकलाई जनताबाटै राय सुझाव लिएर उनीहरुमा अपनत्व कायम गरी कार्यान्वयनमा सहजता ल्याउन का लागि रुकुम, जुम्ला र सुर्खेतमा सहकारी ऐनका बारेमा कार्यक्रमहरु आयोजना गरी सामाजिक समितिले राय सुझाव संकलन गरेको स्मरण गराए ।

उनले आगामी दिनमा सहकारी मैत्री ऐन बनाउन कहाँ के गर्न सकिन्छ प्रदेश सभा तयार रहेको बताए । ‘हामीले धेरै जनता, विज्ञहरुको सुझाव लिएका छौं ।’ उनले भने, ‘अब सहकारी ऐनका लागि सुझाव दिने समय सकिएपनि आगामी दिनमा थप के गर्न सकिन्छ त्यसकालागि प्रदेशसभा तयार रहेको छ ।’

सभामुख शाहीले अहिले सहकारीले कुल ग्राहस्थ उत्पादनको ५ प्रतिशत मात्रै भूमिका खेलिरहेको बताए । ‘राज्यको तीन खम्बे नीतिका आधारमा सहकारी पनि एक हो ।’ उनले भने, ‘अब कम्तीमा पनि ३३ प्रतिशत ग्राहस्थ उत्पादनमा यहाँहरुको योगदान आवश्यक छ ।’ त्यसकालागि प्रदेशसभा, सरकार कसले के गर्नुपर्छ आफूहरु तयार रहेको उनको भनाई थियो ।

सहकारी ऐन, नियमावली तथा कोषहरुको विषयमा प्रदेश स्तरीय गोष्ठीमा सांसदहरु अम्मरबहादुर थापा, राजु नेपाली, कुर्मराज शाही, हिमबहादुर शाही, पदमा खडका, अमृता शाहीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बिहिबार, अशोज ११, २०७५     6:11:48 PM
error: Content is protected !!