☰ open Loading... 18 June 2019|   मङ्लबार, असार ३, २०७६

किन हटाइयो मालपोत कार्यालयका लेखपाढी व्यवसायलाई ?

  |

सुशील खड्का
सुर्खेत । मालपोत कार्यालय सुर्खेतले कार्यालय परिसरमा बस्दै आएका लेखापढी व्यवसायीहरुलाई आइतबारदेखी हटाएको छ । भूमि व्यवस्था तथा अभिलेख व्यवस्था विभागले मालोपत कार्यालय परिसरमा बस्दै आएका लेखापढी व्यवसायीहरुलाई हटाउन परिपत्र गरेपछि उनीहरुलाई आइतबारदेखी कार्यालय प्रवेशमा रोक लगाइएको हो ।

विभागले यसअघि नै कार्यालयलाई दश वुदे निर्देशन पठाइएको थियो । मालपोत कार्यालयमा अनाधिकृत व्यक्तिलाई कार्यालय प्रवेशमा रोकदेखी टोकन प्रणाली लागु गर्नसम्मका निर्देशन विभागले पठाएको पत्रमा उल्लेख छ ।

मालपोत कार्यालय सुर्खेतका प्रमुख लक्ष्मीकुमार विश्वकर्माले पनि कार्यालय परिसरमा बस्दै आएका लेखापढी व्यवसायीहरुलाई हटाएको जानकारी दिए । उनले तत्कालका लागि लेखापढी व्यवसायीहरुको भवनको ढोका पश्चिमबाट खोलेर काम गर्न निर्देशन दिएको बताए ।

दलाली र विचौलियाहरुका कारण सेवाग्राहीहरुले प्रत्यक्ष रुपमा कर्मचारीसंग भेट नगरेर काम गर्नु पर्ने अवस्था नआहोस् भन्न व्यवसायीहरुलाई हटाइएको उल्लेख गरे ।

‘कार्यालय अघि सशस्त्रको क्याम्प र सडक किनारामा बस्दा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ’ कार्यालय प्रमुख विश्वकर्माले भने, ‘प्रमुख जिल्ला अधिकारी, लेखापढी व्यवसायीहरु र कार्यालयविच तत्कालका लागि सहज रुपमा काम गर्ने वातावरण तय गर्ने विषयमा छलफल भएपनि दिर्घकालिन रुपमा उनीहरुलाई कार्यालय परिसरमा बस्न भने दिँदैनौं ।’

कार्यालय परिसरबाट हटाइएका व्यवसायीहरु सडक किनारामा बसेपछि ट्राफिक प्रहरीले त्यहाँबाट समेत हटाइएको थियो । विभागले सेवाग्रही मात्रै कार्यालयमा प्रवेश गर्न पाउनु पर्ने, लेखापढी व्यवसायीहरुले कार्यालय परिसर बहिरबाटै सेवा प्रवाह गर्नुपर्ने, व्यवसायीहरुले अनिवार्य रुपमा परिचयपत्र लगाएर कार्यालयको शुरुको प्रवेश विन्दुमा मात्र जान पाउने, उनीहरुको सम्पूर्ण विवरणमा सम्वन्धित कार्यालयमा दर्ता भएको हुनुपर्ने उल्लेख छ ।

यस्तै, लेखापढी व्यवसायीहरुले लिनुपर्ने शुल्क रकम जिल्ला न्याय क्षेत्र समन्वय समितिले निर्धारण गर्नुपर्ने, कार्यालय परिसरमा रहेका लेखापढी व्यवसायीहरुका संरचना कार्यालय मातहतमा ल्याइने, सेवाग्राहीहरुका लागि फाँट अनुसार टोकन प्रणालीको व्यवस्था गर्न मातहतका कार्यालयलाई विभागले निर्देशन दिएको छ ।

प्रकाशित मितिः आइतवार, अशोज १४, २०७५     4:19:36 PM
error: Content is protected !!