☰ open Loading... 29 March 2024|  

‘अबकाे निर्वाचनमा कांग्रेसलाई पहिलो पाटी बनाऔं’
  | १५ आश्विन २०७५, सोमबार १७:१६

सुर्खेत । नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले आउने निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । कर्णाली प्रदेश भम्रणमा आएको टोलीले सुर्खेतमा नेपाली कांग्रेसका नेता तथा कार्यकता भेटघाटमा बोल्दै नेता शाहले कर्णालीका सबै तहमा अहिलेदेखी नै पार्टीलाई पहिलो बनाउने गरी लाग्न निर्देशन दिएका हुन् ।


अबको मिसन पार्टीलाई पहिलो बनाएर नेपाली कांग्रेसको सरकार बनाउने हो’ युवा नेता शाहले भने, ‘कर्णाली प्रदेश भित्रका धार्मिक तथा पर्यटकीय सम्पदाको प्रवद्र्धन र कर्णालीका जनताको आवश्यकताको उजागर गर्न खवरादी गर्नु जरुरी छ ।’

नेपाली कांग्रेस भित्र आत्मियता र हार्दिकता बढाउन नेपाली कांग्रेसका महामन्त्री पुर्ण बहादुर खड्काको निर्देशन अनुसार कर्णाली भ्रमणमा रहेको नेपाली कांग्रेसका युवा नेता शाहको नेतृत्वमा आएको टोलीले नेपाली कांग्रेस पार्टी कार्यलय सुर्खेतमा कार्यकर्ताहरुसँग भेटघाट समेत गरेको छ ।

शाहले नेपाली कांग्रेस देशभरी मध्य सबैभन्दा कमजोर कर्णाली प्रदेशमा भएको बताए । उनले अब आउने निर्वाचनमा कांग्रेसलाई जिताउने गरी कर्णालीको भ्रमण रहेको उल्लेख गरे । देशमा कम्युनिस्टहरुको सरकार भएको बेला हामी फुटेर भन्दा जुटेर कम्युनिस्टहरुसँग प्रतिकार गर्नेगरी लाग्न कार्यकर्तालाई आग्रह समेत शाहले गरे ।

पार्टी भित्र अनुशासन र एकताको खाँचो भएकाले अब पार्टीमा आत्मीयतासहितको एकता र आत्म अनुशासनको सहकार्यको जरुरी भएको उनको ठहर थियो । मुगु जाने बाटोलाई कालोपत्रे गर्नु र हुम्ला जोड़ने बाटोलाई सरकारले पहिलो प्राथमिकतामा राख्नु पर्ने धारणा उनको थियो ।

मुगुको छाँयानाथ, रारा ताल, दैलेखको ऐतिहासिक पञ्चदेवल, ज्वाला र सुर्खेतको काँक्रेबिहार लगायका प्राकृति सम्पदाको प्रचार गरेर कर्णालीको पर्यटनलाई विकास गर्न सरकारसंग माग समेत शाहले गरेका छन् ।

भ्रमण टोलिमा नेपाली कांग्रेस सुर्खेतका पार्टी सचिब टोप बहादुर रावत, जाजरकोट नेपाली कांग्रेसका युवानेता बेदराज सिंह, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यद्वय तारक के.सी., सुशीला गिरी, नेपाल विद्यार्थी संघका पूर्ब केन्द्रीय सदस्य केशर जंग शाही, नेपाल विद्यार्थी संघ सुर्खेतका पूर्ब अध्यक्ष सुरेन्द्र के.शी. स्ववियू सभापति निराजन नेपाल, विद्यार्थी नेताहरू सुरोत लामा र परोपकार अधिकारी लगायत १५ जनाको टोली कर्णाली भम्रणमा आएको छ ।