☰ open Loading... 20 April 2024|  

आन्तरिक राजश्व कार्यालयकाे भवन उद्घाटन
  | १६ आश्विन २०७५, मंगलवार १७:३२

सुर्खेत । अर्थ मन्त्रालयका राजश्व सचिव शिशीरकुमार ढुंगानाले आन्तरिक राजश्व कार्यालयले कर्णालीमा लगानीको वातावरण तयार गर्न महत्वपुर्ण भुमिका खेल्ने बताएका छन् ।

वीरेन्द्रनगरमा आन्तरीक राजश्व कार्यालयको भवन उद्घाटन गर्दै उनले राजश्व कार्यालयले कर संकलन गर्ने मात्र नभई लगानीयोग्य वातावरण सिर्जना गर्न पनि मद्दत पु¥याउने बताए ।

‘राजश्व कार्यालयले १२ प्रकारका सेवा दिन्छ’ उनले भने, ‘कर्णाली प्रदेशको आर्थिक गतिविधीलाई तिव्रता दिन र लगानीको वातावरण बनाउन सहयोग पुग्छ ।’

सचिव ढुंगानाले कार्यालयको स्थापनासँगै सबैलाई करको दायरामा ल्याईने बताए । सरकारले राजश्व संकलनसँगै अनिवार्य रुपमा गर्नुपर्ने खर्चका लागि स्रोतको जोहो गर्न थालेको उनले जानकारी दिए ।

विभिन्न कार्यक्रम संचालन गरी सरकार र निजी क्षेत्रको लगानीलाई आकर्षित गर्दै आठ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हाँसील गर्ने लक्ष्य सरकारले राखेको उनको भनाई छ ।

दिगो आर्थिक विकासका लागि राजश्व महत्वपूर्ण भएको भन्दै उनले राजश्वको दर भन्दा दायरालाई विस्तार गरिने बताए । यस्तै, कार्यक्रममा बोल्दै आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले कर समयमा तिर्न सबैलाई आग्रह गरे । करदाता शिक्षाका लागि विभाग सधैँ तत्पर रहेको उनको भनाई छ ।