☰ open Loading... 24 August 2019|   शनिबार, भदौ ७, २०७६

सुर्खेतबाटै लाइसेन्स वितरण गरिने

  |

सुर्खेत । सुर्खेतबाटै सवारी चालक अनुमति पत्र (लाईसेन्स) वितरण हुने भएको छ । यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतले अबको तीन महिनाभित्र लाईसेन्स वितरण गर्ने तयारी थालेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको यातायात सेवा कार्यालयलाई सवारी चालक अनुमति पत्रका लागि आवश्यक प्रक्रिया मिलाउन निर्देशन दिएको खवर आजको स्काई न्यूज दैनिकले छापेको छ ।

चालक अनुमति पत्र विवरणका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गरी वितरणको प्रक्रिया थाल्न परिपत्र गरेको यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख श्रीशम्सेर रानाले जानकारी दिए ।

उनले परिपत्र गरेसंगै आफूहरुले लाइसेन्स वितरणको प्रक्रिया अघि बढाएको समेत बताए । सुर्खेतबाटै लाइसेन्स वितरण गर्नका लागि भौतिक पूर्वाधारहरुको वयवस्थापन गर्न कम्तीमा तीन महिना लाग्ने रानाको भनाई छ ।

लाइसेन्स नविकरणको काम भने केही दिनमा शुरु हुने भएको छ । हालसम्म नयाँ लाइसेन्स लिन, लाइसेन्स नविकरण गर्न बाँकेको नेपालगञ्ज जानु पर्ने बाध्यता थियो ।

प्रकाशित मितिः बुधबार, अशोज १७, २०७५     8:11:41 AM
error: Content is protected !!