☰ open Loading... 17 August 2019|   शनिबार, साउन ३२, २०७६

विप्लवका जिल्ला सदस्य शाहीको हत्या

  |

कालिकोट । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको सहायक संगठन योङ रेड फोर्स (वाईआरएफ) कालिकोटका जिल्ला सदस्य वीरबहादुर शाहीको हत्या भएको छ । जिल्ला संगठनको कार्यक्रम सम्पन्नपछि घर फर्किरहेको बेला असोज १२ गते बिच बाटोमा हत्या भएकाे हाे ।

१२ गतेको कार्यक्रम सकेर घर फर्किदै गर्दा कार्यक्रमस्थलबाट करिब एक किलोमिटर पर लढेखोला भन्ने स्थानमा हत्या गरी फालिएको अवस्थामा शव भेटिएको थियो ।

शाहीको हत्यापछि पानी जमेको ठाउँमा भिरबाट खसालिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएकाे छ । शाही योङ रेड फोर्सका केन्द्रीय सदस्य सत्यबहादुर शाहीका भाई हुन् । रेड फोर्स कालिकोट जिल्ला समितिले आइतबार एक विज्ञिप्त जारी गरेर हत्याको भर्त्सना गरेको छ ।

खास कुरा त के छ भने गएको वर्ष यही समयमा मृतकका दाई योङ फोर्सका केन्द्रीय सदस्य सहोदर दाइ सत्यबहादुर शाहीमाथि ज्यान लिने उद्देश्यसहित सांघातिक आक्रमण गरिएको थियो ।

प्रकाशित मितिः बुधबार, अशोज १७, २०७५     6:07:16 PM
error: Content is protected !!