☰ open Loading... 18 April 2024|  

छात्रवृत्तिको सहि सदुपयोग गर्नुहोस् ः शाही
  | १८ आश्विन २०७५, बिहीबार १८:०८

चामुण्डा (दैलेख) ।  छात्रवृत्तिबाट प्राप्त भएको पैसालाई सहि सदुपयोग गर्न चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेखका नगर प्रमुख सुर्यबहादुर शाहीले बताएका छन ।

बुधबार एभरेष्ट क्लव र सेभ द चिल्ड्रेनको आर्थिक सहयोग युवा सशक्तिकरण बुलगारी परियोजनाले वर्सरी सहयोग कार्यक्रमक अन्र्तगत जयदेव माध्यमिक विद्यालय जम्बुकाँधका कक्षा ८, ९ र १० अध्यनरत्त विद्यार्थीहरुलाई छात्रवृत्ति हस्तान्तरण गर्दै यस्तो बताएका हुन ।

‘छात्रवृत्तिको पैसाले पढाईका लागि आवश्यक पर्ने सामाग्री खरिद गर्नुहोला ।’ ‘यो पैसा आजभोलीको स्रोह श्राद्ध गरे जस्तै नहोस ।’ श्राद्ध किन गर्ने भनि जजमानले पनि बुझेका हुदैनन् , ‘श्राद्धमा गर्न मन्त्र गर्ने बाहुनले पनि जजमानलाई श्राद्धको बारेमा बुझाउदैनन् ।’ उनले भने– अभिभावकले पनि छोराछोरीको भविष्यको लागि छात्रवृतिबाट प्राप्त भएको पैसालाई सदुपयोग गर्न आग्रह गरे । सहयोगले मात्र बालबालिकाको गुणस्तरीय शिक्षा पाउन नसक्ने भन्दै अभिभावकले बालबालिकाहरुलाई नियमित विद्यालय पठाउने वातारण सिर्जना गर्नुपर्ने उनको भनाई छ ।

जयदेव माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययन गर्ने छात्रा खजुरा भण्डारी, छात्र हिक्मत नेपाली, हिरा नेपाली, हस्त देवकोट र कक्षा १० का वीरेन्द्रबहादुर शाहीलाई रु ३ हजारका दरले दाश्रो किस्ताको रकम नगर प्रमुख शाहीले हस्तान्तरण गरेका थिए ।

एभरेष्ट क्लव र सेभ द चिल्ड्रेनको आर्थिक सहयोग युवा सशक्तिकरण बुलगारी परियोजनाले वार्षिक आर्थिक रुपमा विपन्न, टुहुरा र अपाङ्ग बालबालिकालाई नियमित विद्यालयमा उपस्थित गराउने उद्देश्यका साथ वर्षेनी प्रति व्यक्ति १० हजारका दरले छात्रवृत्ति दिने गरेको एभेरष्ट क्लव दैलेखका फिल्ड अधिकृत टेकराज न्यौपानेले जानकारी दिए ।

हाल परियोजनाले नगरपालिका ५ वटा माध्यमिक विद्यालयका २४ जना बालबालिकालाई छात्रवृत्ति वितरण गर्ने कार्यक्रम रहेको बताए । छात्रवृत्तिको सहि सदुपयोगका लागि बालबालिकाहरुलाई तीन किस्तामा रकम उपलब्ध गराउने गरिएको अधिकृत न्यौपानेले जानकारी दिए ।