☰ open Loading... 25 April 2024|  

सुर्खेतमा दुई लाख नगदसहित १३ जुवाडे पक्राउ
  | १५ कार्तिक २०७५, बिहीबार १३:४६

सुर्खेत । सुर्खेत प्रहरीले झण्डै दुई लाख नगदसहित १३ जना जुवाडे पक्राउ गरेको छ । सुर्खेतको लेकबेसी नगरपालिका–४ दशरथपुरमा प्रहरीले जुवा खेलिरहेका सूचनाका आधारमा गएराती उनीहरुलाई पक्राउ गरेको हो ।

जुवाखालबाट १५ हजार सात सय र जुवाडेहरुबाट एक लाख ६४ हजार चार सय ४० गरी जम्मा एकलाख ८० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिसएपी प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।

पक्राउ पर्नेमा लेकबेसी गाउँपालिका–३ का टोपबहादुर पौडेल, टीकाराम राना, सुरेन्द्र पौडेल, उमेष वली, अनुभव बस्नेत, बिनोद शाही, अमर थापा, ललित सुनार, छवी पौडेल, हर्क विक, खगेन्द्र विर्कट्टा, टोपेन्द्र वली र राजन कार्की रहेको उनको भनाई छ । पक्राउ परेका १३ जनामाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले बतायाे ।

चाडपर्वका बेला हुने जुवातास, झैझगडा, चोरीडकैतीलगायतका अपराधिक गतिविधिविरुद्ध प्रहरीले कडा निगरानी बढाएको डिएसपी क्षेत्रीको भनाई छ । अन्य समय भन्दा चाडपर्वका बेला धेरै अपराधिक गतिविधि हुने गरेको उनले जनाए ।