☰ open Loading... 19 April 2024|  

स्वदेशमै पौरख गर्ने ‘राजन’
  | १६ कार्तिक २०७५, शुक्रबार १२:४३


वीरेन्द्रनगरको कालागाउँमा जन्मिएका राजन गिरी मध्यम वर्गिय परिवारमा हुर्किए । जिन्दगीको दौडाहमा उनले चाहे जस्तो परिपूर्ती परिवारले गर्न सक्थ्यो । तर अभिभावकलाई सधैँ दुःख दिनुपर्छ भन्ने मान्यता उनले कहिल्यै राखेनन् । त्यसैले होला आफ्नै पौरखमा केही गर्नुपर्छ भन्ने गतिलो उदाहारण पनि त देखाए ।


एसोओएस हर्मनर माइनर स्कुल कालागाउँमा अक्षर चिनको राजनले माविसम्मको पढाई त्यहीँ पूरा गरे । एसएलसीपछिको पढाई भने उनले भक्तपुरको वीरेन्द्रसैनिक आवासिय विद्यालयबाट प्लस टु सके । काठमाडौंस्थित काठमाडौं डनस्को कलेजबाट राजनले स्नातक सके । पढाईमा लगनशील राजन अब्बल भएकै कारण थप शिक्षा लिन अस्ट्रेलिया हानिए । स्वदेशीभूमी छाडेर पढाइकै लागि अस्टे«लिया हानेपनि कामसंगै पढाई पूरा गर्नुपर्ने बाध्यता राजनमा थियो ।

काम गर्दै स्नातकोत्तर (मास्टर) पढ्न अस्ट्रेलिया हानिएका उनले चार वर्ष बिताए । ‘जिन्दगीको खास रेस त्यहीँ पुगेपछि थाहा भयो’ राजनले विगत सम्झदै भने, ‘त्यो स्थानसम्म पुग्न खास संघर्ष गरेकै रहेन्छु । तर जति गरेको रहेछु मात्र पढाईँकै लागि । अस्ट्रेलिया बसाईँले जिन्दगीमा पौरख गर्न सिकायो ।’

केही गरौं भन्ने स्वभावका राजनले चार वर्ष अस्ट्रेलियामै विताए । तर काम र पढाईँ एकैसाथ गर्दा पढाईँ राम्रो भएन् । भौतिक शरिर अस्ट्रेलियामा भएपनि उनको मन स्वदेशमै थियो । अस्ट्रेलियामै रहँदा काम गर्न चाहेको भए उनका अघि थुप्रै अवसर थिए । तर मनले मानेन्, अन्तत उनी स्वेदश फर्किए ।

‘अवसरका थुप्रै चाङ अस्ट्रेलियामा थिए’ राजनले थपे, ‘विदेशी भूमीभन्दा स्वदेशमै केही गर्ने उत्साह बोकेर फर्किएको हुँ ।’ नेपाल फर्किएपछि राजनले सुर्खेतमै निर्माणसम्वन्धी काम गर्ने निधो गरे । २०७२ सालमा लक्ष्मी निर्माण सेवा फर्म दर्ता गरेर निर्माणको काम शुरु गरे । दुई वर्ष त्यहीँ क्षेत्रमा विताएका राजनले क्षेत्रीय अस्पतालको आइसियू भवनदेखी सडक निर्माणका थुप्रै काम गरेको बताए ।

अतुल अटोरिक्साको व्यवसाय
दुई वर्ष निर्माण सम्वन्धी काम गरेका राजनलाई आफन्त गोपाल गिरीले समय सापेक्ष व्यापार गर्न सुझाए । नेपालगञ्जमा अटोको व्यवसाय गर्दै गोपालले सुर्खेतमा अटो रिक्साको भविष्य राम्रो भएको सल्लाह दिए । राजनले पनि विस्तारै निर्माणसम्बन्धी काम घटाउँदै अतुल कम्पनीको अटो सुर्खेतमा भित्र्याउने निधो गरे ।

उनले दुई वर्ष अघिदेखी व्यवसायिक रुपमा सुर्खेतमा अटोरिक्साको व्यवसाय शुरु गरे । ‘विदेश हुन्थे भने आफ्नै पौरखमा बाँच्न सक्थेन’ राजन भन्छन्, ‘आफ्नै जन्मभूमिमा अवसरहरु पहिचान गरेर पौरख गरेकै कारण आज आफ्नो व्यवसायदेखी सन्तुष्ट छु र सबैको साथ पनि पाएको छु ।’

अतुल अटोरिक्साको व्यापारलाई अझैँ उचाईमा पु¥याउन उनी तल्लिन छन् । परिवार र आफन्तको पूर्ण साथ पाएका छन् । क्षणिक विदेश बसाईले दिर्घकालिन नहुने भएकै कारण उनी आफ्नो पौरखप्रति विश्वास राख्ने राजन जिन्दगीलाई यसरी व्याख्या गर्छन्, ‘जब जिन्दगीमा विचलन आउँछ तब मात्रै काम गर्नुमा मज्जा छ ।

जहाँ जोखिम छ त्यहीँबाट अवसर ग्रहण गर्न सके मात्रै जिन्दगी जिउनुको सार्थकता हुन्छ ।’ विदेश मात्रै सबथोक नभएको बताउने राजन स्वदेशमै अवसरहरुको पहिचान गर्न सुझाउँछन् । अटो रिक्सा विक्री गरेर मुनाफा मात्रै कमाउने नभईँ राजन आफ्ना ग्राहकलाई ट्राफिक नियमसंगै रिक्सा चलाउँदा ख्याल पु¥याउने विषयबारे जानकारी गराउँदै आएका छन् ।