☰ open Loading... 20 April 2024|  

महोत्सवको विरोधमा वीरेन्द्रनगर बजार बन्द
  | १० मंसिर २०७५, सोमबार १३:४९

सुर्खेत । वीरेन्द्रनगरमा शुरु गर्न लागिएको महोत्सवको विरोधमा व्यापारीहरुले बजार बन्द गरेका छन् । मंसिर १९ गतेदेखी च्याम्बर अफ कमर्सले आयोजना गर्न लागेको महोत्सवको विरोधमा सुर्खेत उद्योग बाणिज्य संघले वीरेन्द्रनगर बजार बन्द गराएको हो ।


संघले उदेश्यविनाको महोत्सव लगाएर स्थानीय व्यापारीहरुलाई मर्कामा पारेको भन्दै विरोध जनाएको छ । आयातित व्यापारीहरुले स्थानीय व्यवसायमा धरापमा पर्ने भन्दै महोत्सव सञ्चालन गर्न नदिने अडान संघको छ । नारावाजीसहित व्यापारीहरुले वीरेन्द्रनगर नगरपालिकाको गेटमा धर्ना दिएका छन् ।

आइतबार व्यापारीहरुले महोत्सव स्थल खुलामञ्चमा लगाएको टिनको बार भत्काएका थिए । प्रहरीले हटाउन नदिएपछि व्यापारीहरुले सोमबार विहानैदेखी बजार बन्द गराएर आन्दोलनमा उत्रिएका हुन् । महोत्सव स्थलमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आन्दोलनरत पक्ष र महोत्सव आयोजकलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतले वार्ताका लागि बोलाएका छ ।