☰ open Loading... 19 April 2024|  

अर्गानिक तरकारी उत्पादनमा कृषक अग्रसर
  | ११ मंसिर २०७५, मंगलवार १३:१४

कृषि मन्त्रालयद्वारा २२ करोड बजेट विनियोजन

सुशील खड्का 
सुर्खेत, २ मंसिर ।
विषादी प्रयोग भएको तरकारीको बजारमा एकाधिकार रहेको बेला सुर्खेतमा अर्गानिक च्याउ उत्पादनमा कृषक अग्रसर हुन थालेका छन् । मंगलगढी चौक नजिकै रहेको पार्कमा कृषक देविराम तिवारीले व्यवसायिक रुपमा अग्रानिक च्याउ खेतीको सुरुवात गरेका हुन् ।


२ लाखको लागतमा तीन सय च्याउका डल्लाबाट तिवारीले च्याउ उत्पादन थालेका छन् । दशैँदेखी च्याउ उत्पादन थालेका तिवारीले अहिलेसम्म दुई क्वीन्टल विक्री गरेका छन् ।

‘फरक व्यवसाय गर्न रुचाउने भएकाले मैले अर्गानिक च्याउ खेतीको सुरुवात गरेको हुँ’ कृषक तिवारीले भने, ‘अर्गानिक च्याउ विक्री हुनेक्रम बढेसंगै माग पनि अत्यधिक बढेको छ तर माग अनुसारको पु¥याउन सकेको छैन् ।’

शिक्षक पेशाबाट अवकाश लिएर उनले च्याउ खेतीको सुरुवात गरेका हुन् । मलमुत्र संकलन गरेर परिवर्तनकारी व्यवसाय गर्न रुचाउने भएकाले विषादी विस्थापनमा आफू अग्रसर भएको तिवारी बताउँछन् ।

‘विषादीले मानव जीवनमा टूलो असर गरिरहेको छ’ तिवारी भन्छन्, ‘तपाईँ हामीले बेलैमा विषादी निराकरण गर्न अग्रसर भएनौं भने भविष्यमा ठूलो असर गर्छ । त्यसैले जागरुकता ल्याउन पनि मैले अग्रानिक उत्पादनमै जोडबल गरिरहेको छु ।’ अग्रानिक खेती गर्न अन्य कृषकहरुलाई समेत अग्रसर गराउन जुटेको तिवारीको भनाई छ ।

२०७१ सालबाटै अग्रानिक तरकारी उत्पादनमा जुट्दै आएको कृषक तिवारीले बताए । तिवारीसंगै वीरेन्द्रनगरका अन्य तीन कृषकले समेत अग्रानिक खेती गर्दै आएका छन् । कर्णाली प्रदेश सरकारले कृषकलाई अग्रानिक तरकारी उत्पादनमा जागरुक गराउन २२ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका १० जिल्लामा अग्रानिक विशेष कार्यक्रम यसै वर्षबाट लागु गर्न लागेको छ । ‘दश जिल्लाका एक-एक गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने सोचमा छौं’ भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री विमला केसीले भनिन्, ‘सरकारले अग्रानिक प्रदेश बनाउने उद्घोष गरेसँगै कृषकहरुमा उत्साह देखिएको छ ।’

अग्रानिक उत्पादनमै जोड दिन मन्त्रालय जुटेको मन्त्री केसीको भनाई छ । अग्रानिक विशेष कार्यक्रममार्फत कृषकहरुलाई यो वर्ष जागरुक गराउन कार्यविधि बनाइसकेको मन्त्री केसीले उल्लेख गरिन् ।

मन्त्रालयले विषादी परिक्षण प्रयोगशाला सल्यानको कपुरकोट र भेरीगंगा नगरपालिकाको बबईमा राख्ने तयारीमा रहेको जुटेको छ । प्रयोगशालाबाट आयात तरकारीमा प्रामाणिकरण गर्नमा सहयोग पुग्ने मन्त्री केसीको विश्वास छ ।

उनले अग्रानिक अनुसन्धान केन्द्रको पनि यसैवर्ष सुर्खेतमा स्थापना गरिने जानकारी दिइन् । ‘कतिपय कृषकहरुले अग्रानिक तरकारी उत्पादन गरिराख्नु भएको छ’ मन्त्री केसीले थपिन्, ‘बाँकी अन्य कृषकहरुलाई समेत कार्यक्रममार्फत समेट्नै अग्रानिक तरकारी खेतीमा अग्रसर गराउन मन्त्रालयले तदरुकताका साथ काम गर्नेछ ।’