☰ open Loading... 20 April 2024|  

जीपकाे ठक्करबाट पैदल यात्रीकाे मृत्यु
  | १८ मंसिर २०७५, मंगलवार १६:१४

सुर्खेत । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा जीपले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सिम्ता गाउँपालिका–४ मस्ताडा निवासी पैदल यात्री वकिल खड्काको घटनास्थलमै मृत्यु भएको हो ।

सिम्ताको जामुने बजारदेखी बाखर्क जाँदै गरेको भे १ ज ८४० नम्बर जीपले पैदल यात्री खड्का र लालबहादुर नेपालीलाई ठक्कर दिएको थियो ।

लालबहादुरलाई थप उपचारको लागि नेपालगञ्ज लगिएको ईलाका प्रहरी कार्यालय बादेपिलका प्रहरी निरीक्षक श्यामजंग शाहले जानकारी दिए । उनले ठक्कर दिने जीप प्रहरीलाई नियन्त्रणमा लिएपनि सिम्ता गाउँपालिका–५ आली बस्ने चालक नविन पुरी फरार रहेको बताए ।