☰ open Loading... 19 April 2024|  

पूर्व अध्यक्षसहितको सहभागीतामा उप्रेती प्यानलले निकाल्यो वृहत ¥याली
  | २८ मंसिर २०७५, शुक्रबार १६:२०

सुर्खेत । भोली हुन लागेको सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचनमा संयुक्त उद्योगी–व्यवसायीबाट उम्मेदवार बनेका प्रकाश उप्रेतीको प्यानलले वीरेन्द्रनगरमा ¥याली निकालेको छ । वीरेन्द्रनगरको मंगलगढी चौकबाट शुरु भएको ¥यालीले बजार परिक्रमा गरेको थियो ।

याे पनि पढ्नुहाेस् : संघलाई सबैको साझा थलो बनाउँछु : उप्रेती

उप्रेतीको प्यानललाई जिताउन पूर्व अध्यक्ष निरक केसी, पदमबहादुर शाही, विष्णुबहादुर शाही र वर्तमान अध्यक्ष प्रकाश अधिकारीहरु समेत ¥यालीमा सहभागी भएका छन् ।

याे पनि पढ्नुहाेस् : उप्रेतीको प्यानललाई पूर्व अध्यक्षको समर्थन

उनीहरुले उप्रेतीको जित निश्चित भएकाले व्यापारीहरुलाई भोली हुने मतदानमा मत दिन आग्रह गरेका छन् । उप्रेतीको प्यानलले बिहिबार पूर्वी र पश्चिम सुर्खेतका व्यापारीहरुसंग भेटर मत मागेका थिए ।

उनीहरुले घरदैलो अभियान सञ्चालन गरेर उप्रेतीको प्यानलको प्रचार समेत गरिसकेका छन् । सुर्खेत उद्योग बाणिज्य संघको नेतृत्वमा विजयी भएमा उद्योगी र व्यापारिहरुको साझा थलोको रुपमा संघलाई विकास गर्ने प्रतिवद्धता जनाएका छन् । प्रदेशलाई अग्रानिक प्रदेश बनाउनेदेखी चौकुने सिमेन्ट उद्योग सञ्चालनमा आफू समन्वय गरे अघि बढ्ने उप्रेतीको भनाई छ ।