☰ open Loading... 20 April 2024|  

धार्मिक स्वतन्त्रताको विषयले नेपाललाई तहसनहस पार्दैछः महामन्त्री खड्का
  | २९ मंसिर २०७५, शनिबार १८:१६

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले धार्मिक स्वतन्त्रताका नाममा नेपाललाई तहस नहस पार्न खोजिएको बताएका छन् । उनले धार्मिक स्वतन्त्रताको विषय नेपालका लागि चुनौतिको विषय भएको बताए ।

नेपाली कांग्रेसको महासमिति बैठकमा बोल्दै उनले कांग्रेस भित्र भएको बेमेल प्रति चिन्ता समेत प्रकट गरे । कांग्रेस भित्रका गुटले कार्यकर्तामा निरासा छाएकोसमेत बताए । उनले महासमितिको बैठकबाट सबै बेमेलहरुलाई विर्सिएर अघि बढ्नुपर्ने बताए ।

बैठकले पार्टी निर्माणमा स्पस्ट मार्ग चित्र कोर्न जरूरी रहेको उनले बताए । ‘बैठकमा अब तपाईंहरूको अनुभवमा पार्टीलाई कसरी अघि बढाउन सकिन्छ त्यतातिर सोचेर आफ्ना धारणा राख्नुहोला। महासमितिमा सबैको नजर छ,’ उनले भने ।