☰ open Loading... 20 April 2024|  

गौरीकला हत्याकाण्ड : तीन जनालाई जन्मकैदकाे फैसला
  | १ पुष २०७५, आईतवार १८:२५

सुर्खेत : सुर्खेतकी एसइई प्ररीक्षार्थी गौरीकला रोकायको हत्या अभियुक्त तीन जनालाई जिल्ला अदालत सुर्खेतले जन्मकैदको सजाए सुनाएको छ । जिल्ला अदालत सुर्खेतका न्यायाधीश ध्रुवकुमार शाहीको एकल इजलासले जन्मकैदको फैसला सुनाएको हो ।

याे पनि पढ्नुहाेस् : परीक्षा दिन डेरामा बसेकी युवतीको हत्या

याे पनि पढ्नुहाेस् : गाेरीकला हत्या काण्डकाे रहस्य खुल्याे…
गत चैतमा एसइई परीक्षार्थी रोकायको सुर्खेतको पञ्चपुरीमा बलात्कारपछि हत्या भएको थियो । गौरीकलाको बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै लक्ष्मी बास्तोला, खुमप्रसाद बास्तोला र हरिप्रसाद कोइरालालाई जन्मकैदको सजाय सुनाइएको सुर्खेत अदालतका रजिष्ट्रार भुपाल भण्डारीले जानकारी दिए ।

जन्मकैदको सजाय पाउनेहरूमा लक्ष्मी बास्तोला र खुम बास्तोला दुई दाजुभाइ हुन भने कोइराला ट्राफिक प्रहरी हुन्। सुर्खेतको पञ्चपुरीमा एसइई दिइरहेको अवस्थामा २०७४ चैत्र १३ गते गौरीकलाको बलात्कारपछि हत्या भएको थियाे भने तीन जनाविरुद्ध २०७५ बैशाख ९ गते जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर भएको थियो ।

दोषी पाइएपछि तीनै जनालाई २० वर्ष कैद र मृतकका हकवालाले एकलाख रुपैयाँ क्षतिपूर्ति भराई लिन पाउने गरी फैसला भएको जिल्ला अदालत सुर्खेतका रजिष्ट्रार भण्डारीले जानकारी दिए।

उनीहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १ र १३ को उपदफा ३ बमोजिम कसुर पुष्टि हुन आएकाले सो महलक बमोज जन्मकैदको सजाय सुनाइएको हो । साथै मुलुकी ऐन जवरजस्ती करणाी महलको दफा १ र ३ नम्बरको कसुरमा दफा ३(४) को उपदफा ३’क’ अनुसार ७ वर्ष कैद र थप ५ वर्ष सजाय अदालतले तोकेको छ । साथै सोही महलको दफा १० अनुसार मृतकका हकवालावाई एकलाख रुपैयाँ क्षतिपूर्ति भरपाई लिने गरी अदालतद्वारा फैसला भएको हो ।