☰ open Loading... 23 May 2019|   बिहिबार, जेष्ठ ९, २०७६

गुर्भाकोटका विद्यालयहरुको अनुगमन

  |

सुर्खेत । राष्ट्रिय प्रारम्भिक कक्षा कार्यक्रमलाइ सफल बनाउन गुर्भाकोट नगरपालिकामा रहेका विद्यालयहरुको अनुगमन गरिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ सुर्खेत, गुर्भाकोट नगरपालिका, नेपाल दलित तथा जनजाती विकास केन्द्र र गैरसरकारी महासंघ सुर्खेत लगायतको टोलीले संयुक्त रुपमा विद्यालयको अनुगमन तथा निरीक्षण गरेको हो ।


सरकारले राष्ट्रिय प्रारम्भिक कक्षा कार्यक्रमलाइ २०१६ देखि सञ्चालन गरेपनि कतिपय विद्यालयहरुमा यस कार्यक्रमलाइ प्रभावकारी रुपमा सञ्चालन गर्न नसकिएको अनुगमनका क्रममा पाइएको छ ।

अनुमन तथा निरीक्षणका गुर्भाकोटस्थित जनता प्रा.वि.सुवाघाट, सरस्वति प्रा.वि.मेहेलकुना लगायतको विद्यालयहरुमा राष्ट्रिय प्रारम्भिक कक्षा सोचअनुसार सञ्चालन नभएको शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख भोजराज लम्सालले जानकारी दिए ।

उनले नेपाल सरकारले देशैभर राष्ट्रिय प्रारम्भिक कक्षा लागु गरेकाले विद्यालयहरुले नियम अनुसार सञ्चालन गर्न निमित्त प्रमुख लम्सालले निर्देशन दिए ।

राष्ट्रिय प्रारम्भिक कक्षाका जिल्ला संयोजक नरेश ढकालले शिक्षक अविभावक, विद्यालय व्यवस्थापनका पदाधिकारी लगायतले पनि यस कक्षालाइ सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे । विद्यार्थीहरुलाइ यस कक्षाले ठुलो कक्षामा समेत सिकाइमा धेरै टेवा पुग्ने भएकाले सबैले मिलेर सञ्चालन गर्नुपर्नेमा उनको जोड थियो ।

अनुगमन तथा निरिक्षणमा गुर्भाकोट नगरपालिकाका कार्यवहाक प्रमुख चित्रबहादुर रेग्मी, कोडेकका कार्यक्रम संयोजक नारायण वि.क., राष्ट्रिय प्रारम्भिक कक्षा जिल्ला संयोजक नरेश ढकाल, फोकल पर्सन भुपेन्द्र भण्डारी, स्थानिय शिक्षा शाखा प्रमुख सुरेन्द्र रावत, गुर्भाकोट नगरपालिकाका कार्यवहाक मेयर चित्रबहादुर रेग्मी, वडा अध्यक्ष भुपेन्द्र खत्री, प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, स्रोत व्यक्ति सुरेन्द्र विक्रम भण्डारी, तथा गैरसरकारी महासंघ सुर्खेतका प्रतिनिधि अशोक राजी लगायतको सहभागीता थियो ।

संयुक्त अनुगमन टोलीले शारदा मा.वि.छिन्चुको पनि छड्के निरिक्षण गरेको थियो । निरिक्षणका क्रममा केहि शिक्षकहरु कार्यालय समयमा पनि विद्यालयदेखि बाहिर रहेको पाइएको छ ।

प्रकाशित मितिः मङ्लबार, पुस ३, २०७५     6:40:17 PM
error: Content is protected !!