☰ open Loading... 25 June 2019|   मङ्लबार, असार १०, २०७६

आफ्नो कार्यालय आफै, सफा

  |

दैलेख ।  हेर्दा जिर्ण कार्यालय ! कार्यालयभित्र पस्दा झन बेहाल । विरामीमात्रै होईन विरामी नहुनेहरु पुग्दा पनि जिर्ण स्वास्थ्य संस्था देख्दा उधेक लाग्दो देखीने । ३ महिनाअघि सरुवा भएर आएका महावु गाउँपालिका –१ खरिगैरा स्वास्थ्य चौकीका प्रमुख प्रेमबहादुर खड्का जिर्ण भवनलाई सफा, चिटिक्क पार्नका लागि अनेक उपाय लगाए तर, पैसा नभएपछि उपायले पनि काम गरेन् ।

अन्ततः उनले उधारोमा रंग किनेर ल्याए । आफु सहित स्वास्थ्य संस्थामा रहेका ७ जना कर्मचारी मिलेर सफा गर्ने निधो गरे । आफै अग्रसर भएर सफा पनि गरे । दैलेख बजारबाट उधारोमा ३० हजार रुपैँयाको कलर किनर ल्याई सवै कर्मचारीलाई सफाईको लागि आग्रह गरे ।

विरामीको उपचार गर्नका लागि जागिरे भएर आएका कर्मचारीहरु ३ दिन लगाएर दुई वटा भवन सफा रगिचगि बनाए । दुई भवन र ५ कोठा सफा गरि रंग लगाए कर्मचारीहरुले । एउटा स्वास्थ्च चौकीको कार्यालय र अर्को प्रसुती गृह दुई भवनका ५ कोठा सफा गरि रंग लगाउन ७ कर्मचारीलाई ३ दिन खर्च भयो ।

मकवानपुरको चितलान स्वास्थ्य चौकीबाट सरुवा भएर आएका कार्यालय प्रमुख खड्काले स्वास्थ्य संस्थाको अवस्था जिर्ण देखेपछि पहिले सफा चिटिक्क पार्ने सोच बनाएर लागेका हुन् । स्वास्थ्य संस्थाको खातामा पैसा नहुँदा आफै लागेर कर्मचारीले काम गरेका हुन् । ‘उधारो कलर लिएर हामी ७ जना कर्मचारीले ३ दिन लगाएर आफै सफादेखी कलर लगायौं ।’ स्वास्थ्य संस्थाका प्रमुख प्रेमबहादुर खड्काले भने, ज्यालामा काम लगाउने पैसा थिएन् ।

सवै कर्मचारी मिलेर सफा गरेका थिईम । कर्मथलो जिर्ण भएको हेर्न म सक्दिन् । सवैले आफुबाट असल काम गर्न सक्नुपर्छ भन्ने मेरो धारणा छ ।’ उनका अनुसार आफ्नो काम गर्ने संस्था कर्मथलोलाई आफ्नो घर सम्झेर काम गर्नुपर्छ । वडाध्यक्ष हरिप्रसाद उपाध्यायले कलरको ३० हजार रुपैँया वडा कार्यालयले ब्यहोर्ने प्रतिवद्दता गरेको खड्काले बताए ।

आफुहरुले स्वास्थ्य संस्था सफा गरेर चिटिक्क पारेको थाहा पाएपछि गाउँपालिका अध्यक्ष जंगबहादुर शाही र गाउँपालिकाका स्वास्थ्य प्रमुख रमेश दशैंदीले अनुगमन गरेर सहयोग गर्ने प्रतिवद्धता गरेको उनले बताए । कर्मचारीबाट राम्रो काम भएको आउदो दिनमा सहयोगका लागि भौतिक पूर्वाधार ब्यवस्थापन मिलाईने गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए । स्वास्थ्य सेवा दिन आएका कर्मचारीहरुले जिर्ण स्वास्थ्य संस्थाको सफाई गर्नु आफैमा गौरवको कुरा भएको गाउँपालिकाका स्वास्थ्य प्रमुख रमेश दशैंदीले बताए ।

उनले भने, ‘कर्मचारीहरुले पैसा खर्च गरेर ज्याला दिए पनि हुन्थ्र्याे तर, रकम नभएकोले आफै मेहेनत काम गरे त्यो नै उदाहणिय काम गरेको हो ।’ उक्त खरिगैरा स्वास्थ्य चौकीमा कार्यालय प्रमुख सहित अनमी ३ जना, अहेव २ जना, र १ जना कार्यालय सहयोगी रहेका छन् ।
पूर्वाधार नहुँदा प्रसुती गृहकै भवनलाई दुई भागमा विभाजन गरेर एउटामा ओपिडि तथा प्रशासन छ भने अर्कोमा प्रसुती गृह छ । कार्यालय र प्रसुती गृह निकै साँधुरोमा चालउनुपरेको बाध्यता रहेको अहेव रन्जिता बस्नेतले बताईन् । स्वास्थ्य चौकीको ओपिवी सञ्चालनका लागि आफ्नो भवन नभएको कार्यालयका प्रमुख खड्काले बताए । आफु आएपछि ल्याप सेवा सञ्चालनका लागि लागिपरेको उनले बताए । ‘छिटै नै अव ल्याव सेवा सुरु गर्ने तयारीमा छौं ।’ कार्यालय प्रमुख खड्काले भने, दुर्गम ठाउँमा क्षमता अनुसारको स्वास्थ्य सेवा दिनका लागि हाम्रो टिम लागिपरेको छ ।’ खड्काले मकवानपुरमा पनि स्वास्थ्य चौकमा राम्रो काम गरेरका थिए । त्यसअघि दैलेखको बसन्तपुर स्वास्थ्य चौकीको जग्गा खोजी ५० लाखको भवन बनाउन श्रोत खोजी सम्पन्न गरेका थिए ।

प्रकाशित मितिः बुधबार, पुस ११, २०७५     6:04:35 PM
error: Content is protected !!