☰ open Loading... 19 April 2024|  

कालिकाेटका अग्नी पीडितलार्इ इगरव्रिजका विद्यार्थीले जुटाए राहत सामग्री
  | ११ पुष २०७५, बुधबार १९:०२

सुर्खेत । कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाँडा बस्तीमा आइतबार मध्य रातिमा भएको आगलागिका पीडितको लागि इगरब्रिज माध्यामिक विद्यालयले राहत संकलन अभियान २०७५ सुरु गरेको छ । इगरब्रिज बाल क्लबको आयोजनामा सुरु गरिएको अभियानले मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा राहत संकलन गरेकाे छ । राहत संकलन कार्यक्रममा इगरब्रिज माध्यामिक विद्यालयका विद्यार्थी शिक्षकहरुको सहभागिता थियो ।


अभियानले आर्थिक सहयोग, जिन्सी, लत्ता कपडा, जुता चप्पल लगायत अन्य आवश्यक सामाग्रीहरु संकलन गरेको छ । पिडितको सहज जीवन यापनको लागि उनिहरुको सहजताको लागि सुरु गरिएको अभियानमा सबैलाई सहयोगको लागि इगरब्रिज बाल क्लबले अपिल गरेको छ ।

आगलागीमा ५२ घर जलेर नष्ट भएको छ भने ठूलो धनजनको क्षति भएको छ ।  पूरै घर खरको छाना भएको खाडाको न्यौपाने बस्तीमा आगलागी हुँदा ठूलो धनजनको क्षति भएको जनाइएको छ ।