☰ open Loading... 16 April 2024|  

कर्णाली प्रदेश कप टी–२० क्रिकेटः जाजरकोट र सल्यान विजयी
  | १२ पुष २०७५, बिहीबार १८:३२

सुर्खेत । कर्णाली प्रदेश कप टी–२० क्रिकेटः जाजरकोट र सल्यान विजयी रुकुम पश्चिममा जारी कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगितामा बिहिबार जाजरकोट र सल्यान विजयी भएका छन् । पहिलो जित हासिल गर्ने क्रममा जाजरकोटले जुम्ला र सल्यानले कालिकोटलाई पराजित गरेको हो ।

जिल्लाको चौरजहारीमा बिहिबार बिहान भएको प्रतियोगीताको दोस्रो खेलमा जाजरकोटले जुम्लालाई ४९ रनले पराजित गर्यो । टस हारेर ब्याटिङको निम्तो पाएको जाजरकोटले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रनको योगफल खडा गरेको थियो । जाजरकोटका लागि प्रणव भडेलले अर्धसतकिय पारी खेले । उनि ५४ रन बनाएर नटआउट रहे । जाजरकोटका लागि सुमन गुरुङले १५ रन बनाएका थिए ।

बलिङ तर्फ जुम्लाका श्री थापाले ४ ओभर बलिङ गर्दै १८ रन खर्चिएर ४ विकेट लिएका थिए । १ सय १६ रनको विजयी लक्ष पछ्याएको जुम्ला १३ दशमलव ४ ओभरमा ६६ रन बनाउँदै अलआउट भयो । जुम्लाका कुनैपनि ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । जाजरकोटका लागि युनिस बिक्रम सिंहले ४, केशव अधिकारीले ३ र प्रणव भडेलले २ विकेट लिए । अर्धसतक सहित २ विकेट लिएका जाजरकोटका प्रणव भडेल म्यान अफ द म्याच घोषित भए ।

बिहिबार नै भएको दोस्रो खेलमा सल्यानले कालिकोटलाई ६१ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको सल्यानले निर्धारित २० ओभरमा १ सय ७९ रन बनाएको थियो । उसका लागि चन्द्र बिसीले सर्वाधिक ७३ रन बनाए । सुर्य बस्नेतले ३४ र निराजन पुनले १९ रनको योगदान दिए । कालिकोटका लागि मवित शर्माले २, प्रतिक गिरीले १ र सुमित माझिले १ विकेट लिएका थिए ।