☰ open Loading... 20 April 2024|  

७९ लाखकाे लागतमा गार्मेन्ट उद्योग संचालन
  | १३ पुष २०७५, शुक्रबार १७:३३

सुर्खेत । घरेलु उद्योग सहकारी संस्थाले वीरेन्द्रनगरमा गार्मेन्ट उद्योग संचालनमा ल्याएको छ । उद्योगको कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले गार्मेन्ट उद्योगको शुभारम्भ गरेका हुन् ।


तत्काल कर्णालीमा ठुला उद्योग सञ्चालनका लागी प्रयाप्त स्रोत नभएको बताएका मन्त्री बुढाले साना उद्योगको विकासमा सरकारले साथ दिने बताए ।

संस्थाद्वारा सञ्चालनमा आएको गार्मेन्ट उद्योगले गुणस्तरियतालाई प्राथमिकतामा राख्नुपर्ने मन्त्री बुढाको भनाई छ । उनले कर्णाली प्रदेशका २० ओटै स्थानीय तहहरुमा उद्योग ग्रामको स्थापना गर्ने सरकारको योजना रहेको जानकारी दिए । उद्योग क्षेत्रको लगानीका लागी मन्त्रालयले आवश्यक बजेट छुट्ट्याएको मन्त्री बुढाको भनाई थियो ।

प्रदेश सभा सदस्य दानसिंह परियारले सरकारको ३ खम्वे अर्थ नीति बमोजिम प्रदेश सरकारले उद्योग क्षेत्रलाई प्राथमिकतामा राखी काम गरिरहेको बताए । फरक प्रसंगमा सांसद परियारले दलितहरुले आविष्कार गरेको औद्योगीक वस्तुमाथि गैरदलितहरु हावी भएको उल्लेख गरे । उनले केही व्यक्तिहरुले सहकारीको नाममा ब्रम्हलुट गरेको तर उत्पीडित वर्गको पहुँच नपुगेको तर्क गरे ।

१० ओटै जिल्लामा दलित उद्योग स्थापना गर्ने तयारी भईरहको सांसद परियारको भनाई छ । सहकारी संस्थाद्वारा सञ्चालित गार्मेन्ट उद्योगलाई कर्णालीकै नमुना गार्मेन्ट उद्योगका रुपमा स्थापित गर्न आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्घता सांसद परियारले व्यक्त गरे ।

सहकारीको ७९ लाख ४ हजार लगानीमा उद्योग संचालनमा ल्याएको हो । बढ्दो बेरोजगारीलाई मध्यनजर गर्दै सीप विकास गरी तत्काल ८५ जनालाई रोजगारी प्रदान गर्ने संस्थाको उदेश्य छ ।