☰ open Loading... 18 April 2024|  

संघले संकलन गरेको राहत अाइतबार हस्तान्तरण गरिने
  | १३ पुष २०७५, शुक्रबार १७:४६

सुर्खेत । कालीकोटको पलाँताका अग्निपीडितहरुका लागि सुर्खेत उद्योग वाणिज्य संघले आइतबार हस्तान्तरण गर्ने भएको छ ।

वास्तविक पीडितहरुको हातमा पर्ने गरी राहत वितरण गर्नका लागि प्रदेश सरकारमार्फत राहत सामाग्री हस्तान्तरणको कार्यक्रम रहेको संघका महासचिव लक्ष्मण कंडेलले जानकारी दिए ।

शनिबारका दिन सरकारी कामकाज नहुने भएका हुनाले आइतबार सम्भव भए मुख्यमन्त्री नभए कानून तथा आन्तरिक मामिला मन्त्रालयमार्फत राहत सामाग्री पठाइने उनको भनाई छ ।

शुक्रबार नै राहत रकम तथा सामाग्री हस्तान्तरण गर्ने योजना भएपनि राहत संकलनका क्रममा समय लागेकाले निर्धारित समयमा हस्तान्तरण गर्न नभ्याइएको उनले जानकारी दिए । संघले दुई दिनसम्म वीरेन्द्रनगरका व्यापारी व्यवसायीहरुबाट १ लाख १४ हजार १ सय १५ रुपैयाँ नगद र एक मिनी ट्क जिन्सी तथा खाद्य सामाग्री संकलन गरेको छ ।

आर्थिक सहयोग गर्न चाहनेले सिटिजन्स बैंक सुर्खेतमा संघद्धारा स्थापित दैवीप्रकोप राहत कोषको खाता नं. 0330000339CA मा ईच्छाअनुसारको रकम जम्मा गरी त्यसको भौचर संघमा बुझाई दिनपनि महासचिव कंडेलले आग्रह गरे ।