☰ open Loading... 20 April 2024|  

रेड पाण्डाको छालासहित दुई जना पक्राउ
  | २२ पुष २०७५, आईतवार १७:५७

सुर्खेत । हाब्रेको छालासहित जाजरकोट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टोलीले भेरी नगरपालिका–३ बाट हाब्रेको छालासहित दुई जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा नलगाड नगरपालिका–५ कालिमाटी बस्नै गणेश सुनार र सोही ठाउँका युवराज विक रहेको प्रहरी निरीक्षक लोकबहादुर विष्टले जानकारी दिए । उनका अनुसार प्रहरी दुर्लभ वन्यजन्तु हाब्रेको छाला सहित उनीहरुलाई पक्राउ गरेको हो ।

दुर्लभ वन्यजन्तु को चोरी शिकारी तथा वन्यजन्तुका आखेटोपहारहरुको गैरकानूनी ओसारपसारलाई निरुत्साहित गरी नियन्त्रण गर्न बनेको साइटिस महासन्धि, १९७५ तथा राष्ट्रिय निकुञ्जस तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ अनुसार दुर्लभ वन्यजन्तुको सूचीमा सूचीकृत हाब्रे हो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान एवम् आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय जाजरकोटमा बुझाइएको विष्टले जानकारी दिए ।