☰ open Loading... 19 April 2024|  

वीरेन्द्रनगरमा माघे संक्रान्ती मेलाको आयोजना गरिँदै
  | २३ पुष २०७५, सोमबार १८:५६

सुर्खेत । माघे संक्रान्ति अवसरमा नेपाल मगर संघ सुर्खेतको आयोजनामा पाँच दिने माघे संक्रान्ती मेला सञ्चालन गरिने भएको छ । प्रत्येक वर्ष झैं यस बर्ष पनि मगरहरुको आफ्नो मौलिक संस्कृति झल्कने गरि मेलाको आयोजना गर्न लागिएको हो ।


आयमूलक नभई पहिचान मूलक तरिकाले मगरको पहिचान जोगाउन मेलाको बिशेष आयोजना गरीएको मेला प्रचार प्रसार संयोजक दिप बहादुर राना मगरले बताए ।

मेला यहीँ पौष २५ गते देखी २९ गते सम्म संचालन गरिने छ । मेलाको पहिलो दिन २५ गते विभिन्न झाँकीसहितको ¥याली वीरेन्द्रनगरको मंगलगढी चौकबाट निकालिने अयोजकले जनाएको छ ।

मेलालाई सफल पार्न सुर्खेत जिल्लाका ७ वटा स्थानीय तहबाट १५ हजार भन्दाबढीको उपस्थिति रहने रानाले जानकारी दिए । उनले मेला संचालनको लागी करीब २८ लाख खर्च हुने बताए । मेलालाई आर्कषक र मनोरञ्जनका लागि ख्याती प्राप्त राष्ट्रिय स्तरका कलाकारहरुको समेत प्रस्तुती रहने छ ।