☰ open Loading... 14 November 2019|   बिहिबार, कार्तिक २८, २०७६

न्याय नखोस्

  |

ध्रुव पुन (गुमाने) 

संघीय संरचनाअनुसार सिंगो रुकुम दुई भागमा विभाजन भयो । पश्चिम रुकुममा सिंगो रुकुमको माग चर्काे रूपमा उठ्यो । पूर्वी रुकुम सुनसानजस्तै भयो । जसले गर्दा पश्चिम रुकुमको मागले सार्थकता पाउन सकेन । पश्चिम रुकुमलाई समर्थन नगर्नु पनि बाध्यता थियो पूर्वी रुकुमको । तत्कालीन सदरमुकाम मुसीकोट खलंगा आउन झन्डै चार दिनसम्म लाग्थ्यो पूर्वी रुकुमबाट । वर्षाैंपछि त्यसको छुटकरा पाउँदा पूर्वी रुकुमबासी हर्षित भयौं ।

तत्कालका लागि प्रस्तावित सदरमुकामका नाममा रुकुमकोटलाई केन्द्र मानेर सरकारी कामकाज सुरु भयो । जसले गर्दा हामी आंशिक खुसी थियौं । खलंगा पुग्नुभन्दा रुकुमकोटसम्म पुग्नु केही राहत भने पक्कै भयो । तर, त्यतिले मात्र हाम्रो भावना समेट्दैनथ्यो । सोही समयमै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले रुकुम पूर्व पूर्वी क्षेत्रका जनतालाई लक्षित गरी नयाँ जिल्ला बनाइएको थियो त्यसलाई आत्मसाथ गर्दै रुकुम पूर्वको सदरमुकाम तोक्ने निर्णय ग¥यो । सोहीअनुसार माघ ११ गते पुथा उत्तरगंगा गाउँपालिका–१२, गोलखाडामा सदरमुकाम बनाउने निर्णय भयो ।

जुन निर्णयलाई रुकुम पूर्वका पूर्वी क्षेत्रका बासिन्दाले खुसी मनायौं । सोही दिन हामीहरूले घरघरमा दिपावलीसमेत गरियौं । यता रुकुमकोटलगायत आसपासकाले भने उक्त निर्णयको विरोध गर्दै आन्दोलन गरे । जसले जिल्ला टुक्रनुको कारणलाई ठाँडै बलात्कर गर्न खोज्यो । म यसअर्थत्मा भन्दै छु की जहाँका जनतालाई लक्षित गरी नयाँ जिल्ला घोषणा गरिएको हो त्यहाँका जनतासम्म न्याय पुग्न दिइन् । जुन न्यायलाई बीच बाटोमै रोक्न खोजियो ।

नयाँ जिल्ला रुकुमकोटलाई सदरमुकाम बनाउन जन्माइएको थिएन् । मगर बाहुल्य रहेको पूर्वी क्षेत्रका जनतालाई राहत दिन रुकुम पूर्व जिल्ला जन्मिएको थियो । राजनीतिक आडमा पूर्वी क्षेत्रका जनताको अधिकार बीचमा राख्ने प्रयास भएको छ । त्यो हाम्रा लागि कुनै पनि हालतमा मान्य हुने छैन । जसलाई न्याय दिन खोजिएको हो त्यसलाई दिनुपर्छ । सदियौंदेखि अधिकारबाट वञ्चित हामीलाई (मगर समुदाय) अब अन्यायमा पार्न पाइँदैन् ।

रुकुमकोट आफैमा विकासोन्मुख ठाउँ हो । यहाँ प्राकृतिक सुन्दरता त छ नै तर, सबैको पायक भने पर्दैन । सरकारको निर्णयविरुद्ध रुकुमकोट र गोलखाडाका बीचमा दुरी अवश्य छ । यो दुरी कम गराउनुपर्छ । रुकुमकोटको विकासका लागि पूर्वी क्षेत्रका बासिन्दाले साथ दिनुपर्छ । पूर्वी क्षेत्रका लागि पश्चिमले साथ दिनैपर्छ । भाईभाईमा दुरी फाट्दा यहाँको विकासले गति लिन सक्दैन् ।

गोलखाडाको किन दाबी
रुकुम पूर्वको पूर्वी क्षेत्रका बासिन्दाहरूका लागि बनाइएको हो । यहाँका जनताले सास्ती पाए । राज्यको आँखा नजिक पुग्न सकेनन् । वर्षौंदेखि पीडित छन् । यस क्षेत्रका बासिन्दालाई राज्यले नजिकै गएर सेवा दिन खोज्यो । तर, त्यो बीचमै रोकिन पुग्यो । यो पूर्वी क्षेत्रका जनताका लागि मान्य हुँदैन् । हामीलाई दिएको अधिकार हामीले पाउनुपर्छ । अहिले पनि यो अधिकारबाट वञ्चित गराइयो भने हामीले कहिल्यै पनि न्याय पाउँदैनौं । गोलखाडा सबै जनता पायक पर्ने ठाउँ हो ।

यहाँ भौतिक पूर्वाधार निर्माण गर्न सकिने प्रशस्त आधार छन् । प्रशस्त जमिन, सबैको पायक पर्ने ठाउँ, पर्यटकीय क्षेत्र, दीर्घकालीन रूपमा बजारलाई व्यवस्थित गर्न सकिन उपयुक्त ठाउँ नै यहाँका आधार हुन् । अहिले गोलखाडामा सदरमुकाम लिनलाई पूर्वाधार छैनन् भनिएको छ । तर, हामीमाझ ताजै छ, ‘तत्कालीन रुकुमको जिल्ला सदरमुकाम खलंगाको अवस्था ।’ त्यहाँ एक दर्जन जति मात्र घरहरू थिए । ठाउँ सानो जस्तो थियो । अहिले हेरौं ठूलो बजार बनेको छ । मुसीकोटभन्दा गोलखाडामा फराकिलो ठाउँ छ ।

रुकुमकोटले सर्वाेच्चमा रिट दायर गरेको छ । त्यसले गोलखाडा मुकाम बन्नलाई अल्झाएको छ । रुकुमकोटलाई प्रस्तावित सदरमुकाम भनेको हो । स्याथी बनाएको थिएन ।

गोलखाडा नेपाल सरकारले स्थायी तोकेको हो । यति बेला हाम्रो अधिकार खोसियो भने हामी चुप लागेर बस्न सक्दैनौं । हामीले नेपाल एकीकरणदेखि राणा फाल्नेसम्म योगदान गरियौं । त्यस्तै राजा ढाल्नेमा महŒवपूर्ण भूमिका निभायौं । जनयुद्धमा प्राणको आहुति दिएर लडियौं । अहिले अधिकार दिँदा खोसिनु हाम्रा लागि सह्य हुँदैन् ।

गोलखाडाको एक चर्चा
पुथा उत्तरगंगा गाउँपालिका–१२, गोलखाडा बस्ती बाक्लँदै छ । माथि हरियो डाँडाको काखमा बसेको गोलखाडा आफैमा रमनीय छ । यहाँका देखिने सेताम्मे हिमाल र लालीगुराँसले यहाँको सुन्दरतालाई दुरुस्तै उतारेको छ ।

वारिबाट भित्तामा टाँसिएको जस्तै लाग्ने गोलखाडा पुगेपछि बस्ती जस्तो छ । मगर भेषभुषा र भाषामा दैनिकी चलाएका यहाँका वासिन्दा दयालु र सहयोगी छन् । पर्दा सहयोग गर्ने र एकअर्काको खुसीमा रमाउने यहाँको संस्कृति जस्तै हो । पूर्वी रुकुमको मध्यभागमा पर्ने यो ठाउँ एक बरदान मानिन्छ । कला, संस्कृति, सभ्यता र पर्यटनले भरियो यो क्षेत्र एक नसालु छ ।

प्रकाशित मितिः बुधबार, पुस २५, २०७५     7:15:34 PM
error: Content is protected !!