☰ open Loading... 16 October 2019|   बुधबार, अशोज २९, २०७६

हिन्दु जन जागरणका लागि राप्रपाको प्रशिक्षण

  |

सुर्खेत । राप्रपा सुर्खेतको हिन्दु जनजागरण कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतको आयोजनामा भएको जनजागरण कार्यक्रममा कार्यकर्तालाई प्रशिक्षण दिएको हो ।

हिन्दुत्व जन जागरण कार्यक्रमका लागि कार्यकर्ताहरुलाई प्रशिक्षण दिइएको राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता प्रेम बि.सी.ले जानकारी दिए ।


उनले कार्यकर्ताहरुलाई जनतामाझ प्रभावकारी उपस्थितीका लागि हिन्दुत्व जन जागरण प्रशिक्षण दिइएको बताए ।

फागुन ७ गतेदेखि पार्टीको कार्यक्रममा कार्यकर्ताहरुको प्रभावकारी उपस्थितीका लागि समेत कार्यकर्ताहरुलाई प्रशिक्षण दिइएको उनले बताए ।

कार्यक्रममा प्रमुख प्रदेश अध्यक्ष धन ब. बुढाले अब देशको बैकल्पिक शक्ति भनेको नै राप्रपा रहेको र देश चाडै नै हिन्दु राष्ट्र घोषणा हुने जानकारी गराए ।

कार्यक्रम मा ५० जना युवाहरू अन्य पार्टी परीत्याग गरि राप्रपा मा प्रवेश गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतका अध्यक्ष मानबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी कर्णली प्रदेशका अध्यक्ष धनबहादुर बुढा, राप्रपा केन्द्रिय सदस्य तुलाराम गिरी,भरत ढकाल लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मितिः बुधबार, माघ २, २०७५     8:34:20 PM
error: Content is protected !!