☰ open Loading... 25 August 2019|   आइतवार, भदौ ८, २०७६

सुर्खेतमा कर्णाली महाेत्सव सञ्चालन गरिदैँ

  |

सुर्खेत । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा आउँदो फाल्गुनको पहिलो सातादेखि कर्णाली महोत्सव २०७५ सञ्चालन गरिने भएको छ ।
सुर्खेत चेम्वर अफ कर्मसको आयोजनामा आउँदो फाल्गुन ३ गते देखि ११ गते सम्म महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको हाे ।

महोत्सव सञ्चालनका विषयमा जानकारी दिन आईतवार विरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सुर्खेत चेम्बर अफ कर्मसका अध्यक्ष चिन्तामणी शर्माले कर्णाली सरकारले अभियानका रुपमा सञ्चालन गरेको कर्णाली रारा पर्यटनको गतिविधि लाई समेत प्रवद्र्धन गर्ने गरी महोत्सव सञ्चालन गरिने जानकारी दिए ।

उनले भने कर्णाली सरकारले शुरु गरेको कर्णाली रारा पर्यटन बर्षको गतिविधि पनि सुस्ताएको छ सरकारको सो अभियानलाई पनी प्रवद्र्धन र प्रचार प्रसार गर्ने गरि महोत्सव सञ्चालन हुन्छ ।

उनले थपे महोत्सवमा यसै क्षेत्रका उत्पादित वस्तुहरुलाई प्राथामिकता दिने, कर्णालीको कला, संस्कृतिलाई विशेष जोड दिईनेे र  यसपटक हुने महोत्सवमा जिल्ला बाहिरका नभई यसै क्षेत्रका व्यापारीलाई प्राथामिकता दिईने शर्माले बताए । महोत्सवमा सुर्खेतकै स्थानिय व्यापारीहरु स्टलका लागी पहिलो प्राथामिकता रहने उनले बताए ।

यसपटकको महोत्सव बाट बचेको रकमले विरेन्द्रनगरमा सुविधासम्पन्न सार्वजनिक सौचालय निर्माण गरिने अध्यक्ष शर्माको भनाई छ । विरेन्द्रनगर नगरपालिकाले तोकेको स्थानमा तत्कालै सौचालय निर्माणको कार्य शुरु गरिने समेत शर्माले बताए ।

नगरपालिकाले यसपटक मेला महोत्सव सम्बन्धि कार्यविधि तयार पारिसकेको छ विगत जस्तो नभएर अबदेखि विरेन्द्रनगर नगरपालिकाले तोकेको मापदण्ड र बनाएको कार्यविधि बमोजिम नै मेला महोत्सव सञ्चालन गर्नुपर्ने भएकाले स्थानिय सरकारले बनाएको निति नियममै टेकेर महोत्सव सञ्चालन गर्ने अध्यक्ष शर्माको भनाई थियो ।

मेला अवधिभर २ लाँख दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको कारोवार हुने अनुमान आयोजकको छ ।
जिल्ला समन्वय समितिको खुल्ला मञ्चमा यस अघिका महोत्सव सञ्चालन भएतापनी यसपटकको महोत्सव विरेन्द्रनगर नगरपालिका स्थित दक्षिण तर्फको खुल्लाचौरमा सञ्चालन हुने छ ।

प्रकाशित मितिः आइतवार, माघ १३, २०७५     6:41:29 PM
error: Content is protected !!