☰ open Loading... 18 July 2019|   बिहिबार, साउन २, २०७६

मालपोतका सूचना अधिकारीलाई माअाेवादीले दले कालाेमाेसाे

  |

सुर्खेत । मालपाेत कार्यालय सुर्खेतका सूचना अधिकारी नरबहादुर घर्तीलाई वैद्य माअाेवादीले कालाेमाेसाे दलेका छन् । सेवाग्राहीकाे काम नगरेर अल्झन देखाउने गरेकाले कालाे माेसाेे दलेकाे नेकपा क्रान्तिकारी माओवादीका नेता हिमाल शाहीले जानकारी दिए ।

उनका अनुसार नेकपा क्रान्तिकारी माओवादीको संगठन क्रान्तिकारी युव लिग र अखिल क्रान्तिकारी विद्यार्थी संगठनले संयुक्त रूपमा कालोमााेसो दलेेेर जनकार्वाही गरिएकाे हाेे ।

क्रान्तिकारी युवा लिंग नेपाल, सुर्खेतका नेता शाहीले सूचना अधिकृतले सेवाग्राहीबाट नागरिकलाई अनाहकमा दुख दिने र कार्यालयमा बसेर कमाउ धन्दा गरेको कारण आफ्नो संगठनले पहिलो चरणको कारबाही गरेको जनाएका छन ।

युवा नेता शाहिले घटनाको विषयमा संगठनको तर्फबाट जिम्मा लिदैँ सूचना अधिकारीले नागरिकसँग घुस लिने गरेको र सरकारी कुर्सिमा बसेर ब्यापक अनियमितता गरेको समेत अाराेप लगाए ।

नेता शाहीले समाजमा रहेका दलाल, तस्कर र बेइमानहरुलाई पार्टीको नीति तथा योजना अनुसार कारबाही प्रकृया निरन्तर अघि बढ्ने जनाएका छन ।

सूचना अधिकृत घर्तिलाई क्रान्तिकारी युवा लिंगका युवाहरुको समूहले उनको कार्यकक्षमा प्रवेश गरी भ्रष्टाचारी भन्दै नारा लगाउँदै कालोमोसो दलेका सेवाग्राहीले जानकारी दिए ।

माेसाे दल्नु गलत कार्य ः प्रमुख खत्री

मालपाेत कार्यालय सुर्खेतका प्रमुख लक्ष्मी खत्रीले कर्मचारीमाथि कालाेमाेसाे दल्नु गलत भएकाे प्रतिक्रिया दिएकी छन् । जनताकाे बढी चाप हुने कार्यालय मालपाेत भएकाले सेवामा कमजाेरी रहेकाे स्वीकार्दै  उनले समस्या भए मलाइ नभनेर माेसाे दल्नु गलत भएकाे बताएकी हुन् ।

‘अनलाइन प्रणालीमा सेवा रूपान्तरणहुँदा काममा असहज भएकाे छ’ खत्रीले भनिन्, ‘कानुनी राज्यमा गुनासा राख्ने ठाउँ हुँदाहुँदै पनि गुरिल्ला हर्कत गर्न राम्राे पक्ष हैन् ।’

मालपाेतप्रतिका गुनासा नजिकै प्रशासन कार्यालय छ र अख्तियार नि छ उतै गुनासा नगरेर कर्मचारीकाे मनाेबल गरिउने कार्य हुनु दुखद् भएकाे उल्लेख गरिन् ।

प्रकाशित मितिः बुधबार, माघ १६, २०७५     4:01:39 PM
error: Content is protected !!