☰ open Loading... 25 June 2019|   मङ्लबार, असार १०, २०७६

हुन्डाई ग्राण्ड टेष्ट ड्राइभ सुर्खेतमा

  |

सुर्खेत । लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिको एकमात्र आधिकारिक विक्रेता हिम अटो डिस्ट्रिव्युटर्स नेपालगञ्जले सुर्खेतमा दुई दिने ‘हुन्डाई ग्राण्ड टेष्ट ड्राइभ इभेन्ट’ को आयोजना गरेको छ ।

बुधबार र बिहीबार नमस्ते नेपाल होटलमा हुने ग्राण्ड टेष्ट ड्राइभमार्फत हुन्डाईले ग्राहकका लागि हुन्डाई मोटरसँगको राम्रो अनुभवका साथै टेष्ट ड्राइभ उपहार र थप फाईदाहरु दिनेछ ।

‘ग्राहकहरुका लागि उत्कृष्ट टेष्ट ड्राइभ अनुभव गराउनका निम्ति कार्यक्रमको आयोजना गरिएको हो’ हिम अटो डिष्ट्रिव्यूटर्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इभेन्टमा आउने ग्राहकहरुले उत्कृष्ट टेष्ट ड्राइभ मात्र अनुभव नगरी आकर्षक उपहार पनि पाउने छत् ।’ टेष्ट ड्राइभका अवसरमा गाडी बुकिङ गर्ने ग्राहकहरुका लागि दश हजारसम्मको गाडीका सामानहरु प्राप्त गर्नेछन् । हुन्डाई वीन्टर डिलाइट स्किम अन्र्तगत कार्यक्रम सञ्चालन गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।

‘लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले आफ्ना ग्राहकहरुको फाईदाका लागि तत्पर रहेको छ र यसैलाई निरन्तरता दिनको लागि टेष्ट ड्राइभ कार्यक्रम संचालनमा ल्याइएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘जसले ग्राहकहरुलाई विभिन्न उपहारहरु तथा फाईदाहरु दिई खुशी छर्ने उद्देश्य लिएका छौं ।’

प्रकाशित मितिः बुधबार, माघ १६, २०७५     5:50:00 PM
error: Content is protected !!