☰ open Loading... 19 April 2024|  

पञ्चपुरीमा सांस्कृतिक महोत्सव
  | १८ माघ २०७५, शुक्रबार १९:१५

सुर्खेत । पश्चिम सुर्खेतको बाबियाचौरमा आगामी फागुन दोस्रो सातादेखि पञ्चपुरी वृहत सांस्कृतिक महोत्सव २०७५ सञ्चालन गरिने भएको छ । रेडियो डाडादरा एफ एमको आयोजना तथा वावियाचौर स्पोर्टस् क्लव तथा सिंगारो म्युजिक प्रालिको सह–आयोजनामा फागुन ८ गतेदेखि १५ गतेसम्म महोत्सव सञ्चालन गरिन लागिएको हो ।


पश्चिम सुर्खेतको सान, पर्यटन प्रवद्र्धनमा हाम्रो अभियान भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन गर्न लागेको सिंगारो म्युजिक प्रालिका निर्देशक बिन्द्र प्रसाद जैशी ‘विशाल’ल जानकारी दिए ।

उनले पछाडि परेको पश्चिम सुर्खेतको प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिन लागिएको बताए । कर्णाली प्रदेशको राजधानीसंगै जोडिएको पश्चिम क्षेत्रको विकास कछुवा गतिमा भैरहेको अवस्थामा पश्चिम क्षेत्रको पर्यटन र अपार संभावनाहरुलाई उजागर गर्नु महोत्सवको ध्येय रहेको उनको भनाई छ ।

महोत्सवमा पश्चिम क्षेत्रका उत्पादित वस्तुहरु, स्थानिय कला, संस्कृति, खेलकुद लगायत पर्यटन स्थलहरुलाई विशेष जोड दिइने छ । करिव ५० लाखको लागत अनुमान गरिएको महोत्सवमा १ लाख दर्शकको सहभागिता रहने आयोजकको दावी छ । महोत्सवको आम्दानीले पश्चिम क्षेत्रमा रहेको रेडियो डाडादरा एफएमको प्रशारण क्षमताको लागि खर्च गरिने छ ।