☰ open Loading... 20 April 2024|  

दुर्घटना न्यूनिकरण गर्न सवारी चालकहरूकाे स्वास्थ्य परीक्षण
  | २० माघ २०७५, आईतवार १८:४६

सुर्खेत । सुर्खेतमा सवारी चालकहरुको स्वाथ्य परीक्षण गरिएको छ । सुर्खेत–जुम्ला सडक खण्डको बांगेशीमलमा सवारी चलाउने चालक स्वास्थ्य जाँच र सडक दुर्घटना रोक्न सचेतामुलक कार्यक्रमको आयोजना गरिएको हो ।


जिल्ला ट्राफिक कार्यालय सुर्खेतको आयोजनामा भएको कार्यक्रममा सुर्खेतदेखी जुम्ला, पश्चिम सुर्खेत, कालिकोट, मंगलशैन, मुगु लगायतका ठाउँमा जान लागेका सवारी चालकहरुलाई रोकर सडकमै स्वास्थ्य परीक्षण गरिएको थियो ।

कर्णाली प्रदेश ट्राफिक कार्यालय छिन्चुका प्रमुख (एसपी) जानकराज पाण्डेले सवारी चालकहरुले आफ्नो स्वास्थ्य अवस्था कस्तो छ भन्ने पूर्ववत् चेकअप गराउन जरुरी रहेको बताए ।

‘लामो दुरीमा सवारी चलाउने चालकहरुले आफ्नो सवारीको ख्याल गर्दैनन्’ एसपी पाण्डले भने, ‘स्वास्थ भएमात्रै सबै चिज प्राप्त गर्न सकिन भएकाले सवारी चालकहरुले पनि आफ्नो स्वास्थ्य अवस्था बेला–बेला कस्तो छ भन्ने ख्याल पु¥याउन आवश्यक रहेकाले प्रहरीले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।’

एउटा अस्वस्थ चालकका कारण यात्रामा रहेका अन्य नागरिकहरुको ज्यान जोखिममा हुने भएकाले आफ्नो स्वास्थ्यप्रति सजक रहन चालकहरुलाई उनले आग्रह गरे । सडक दुर्घटना रोक्न एक्लो प्रहरीले मात्रै केही गर्न सक्दैन्’ एसपी पाण्डेले थपे, ‘सडक दुर्घटना रोक्न सवारी चालक र अन्य नागरिकहरु पनि सजक ठूलो दुर्घटना रोक्नमा सहज हुन्छ ।’

एक दिन गरिएको निःशुल्क स्वास्थ्य जाँचले सवै चालकहरुको उपचार गर्न सम्भव नभएपनि उहाँहरुले आफ्नो स्वास्थ्य अवस्था कस्तो छ भन्ने विषयमा बेला–बेलामा चेकजाँच गर्न जरुरी रहेको बताए । प्रदेश ट्राफिक प्रहरी कार्यालयले कर्णालीमा हुने सवारी रोक्न यस्तै विभिन्न सचेतामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिए ।

उनले कर्णाली भौगोलिक रुपमा विकट भएपनि सवारी चालक, स्थानीय नागरिक, पैदय यात्रीहरु सजक भएर यात्रा गरे दुर्घटना रोक्नमा सहजता हुने औंल्याए । सुर्खेतमा मात्रै नभई कर्णालीमा सवारी साधनकाे पहुँच पुगेका विभिन्न जिल्लाहरुमा यस्ता खालका कार्यक्रम सञ्चालन गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको एसपी पाण्डेको भनाई छ ।

निःशुल्क स्वास्थ्य परीक्षणमा १०६ जना सवारी चालकहरुको आँखा जाँच, प्रेसर जाँच गरिएको थियो । शिविरमा साधनको प्रदुषण तथा अन्य अवस्थाका चेकजाँज समेत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।