☰ open Loading... 26 March 2023|   सोमवार, चैत्र १३, २०७९

भेरीगंगामा स्वास्थ्य हेल्प डेस्क
  |

सुर्खेत । भेरीगंगा नगरपालिकामा हेल्प डेस्क सेवा शुरु गरिएको छ । नगरपालिका परिसरमै स्वास्थ्य सम्बन्धी सम्पूर्ण जानकारी दिने उदेश्यले हेल्थ डेस्क सेवा सोमबारदेखी शुभारम्भ गरिएको हो ।


नगरपालिकामा आउने सेवाग्राहीहरुलाई स्वास्थ्य सम्बन्धी सेवा प्रवाह गर्ने हेतुले स्वास्थ्य हेल्प डेस्क सेवाको थालनी गरिएको भेरीगंगा नगरपालिकाका उप–प्रमुख रेणु आचार्य ढकालले जानकारी दिइन् ।

‘नागरिकहरुलाई स्वस्थ रहन सचेतना जगाउने प्रमुख दायित्व नगरपालिकाको पनि हो’ आचार्यले भनिन्, ‘नगरपालिकामा पुग्ने हरेक सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य सम्बन्धि सेवाहरु उपलव्ध गराइने छ ।’

बदलिदो मौसमअनुसार लाग्ने विभिन्न रोगहरुका बारेमा समेत सेवाग्राहीहरुलाई सजक गराउन हेल्प डेस्कले सहयोग पुग्ने अपेक्षा ढकालको छ । कतिपय नागरिकहरु रोग लुकाएर बस्ने गरेकाले उनीहरुलाई उपचारको पहुँचमा पु¥याउन स्वास्थ्य हेल्प डेस्कले मदत पुग्ने ढकालले उल्लेख गरिन् । ‘ग्रामिण बस्तीका महिलाहरु क्यान्सर, पाठेघर जस्ता समस्याबाट पीडित हुनुहुन्छ’ ढकालले भनिन्, ‘उहाँहरुलाई समयमै स्वास्थ्यसम्बन्धि परामर्श दिनमा हेल्प डेस्कबाट सहयोग पुग्नेछ ।’

हेल्थ डेस्कबाट ब्लड प्रेसर, नाडीको जाँच, बजन, उचाई, ग्लुकोजको जाँच, उचित परामर्श, प्राथमिक उपचार, विशेषज्ञ सेवा, विशेषज्ञ अस्पतालहरुका बारेमा सेवाग्राहीहरुलाई उपयुक्त ठाउँका बारेमा जानकारी दिइने छ ।

हेल्प डेस्क नगरपालिकामा नियमित रुपमा सञ्चालन हुने नगरपालिकाले जनाएको छ । हेल्प डेस्कमा अहेब विमल रावतले सेवाग्राहीहरुको स्वास्थ्य जाँच र उनीहरुलाई स्वास्थ्य सम्बन्धी थप परामर्श दिनेछन् ।

!-- .entry-content --> प्रकाशित मितिः सोमवार, माघ २१, २०७५     7:04:38 PM