☰ open Loading... 25 August 2019|   आइतवार, भदौ ८, २०७६

बैंकहरूको मनपरी ब्याज विरुद्ध बैंक बहिष्कारसहित आन्दोलनकाे चेतावनी

  |

सुर्खेत । बैंकहरुले मनपरी ढंगले अचाक्ली ब्याज बढाएको भन्दै सुर्खेत उद्योग वाणिज्य संघले माघ २४ गते बैंक बहिष्कारसहित वीरेन्द्रनगरमा विरोध ¥याली प्रदर्शन गर्ने भएको छ । सिण्डिकेट जसरी एकपक्षीय रुपमा बैंकहरुले निर्धारण गरेको चर्को ब्याजदरका कारण व्यापार व्यवसाय नै धराशायी हुने स्थितिमा पुगेको निष्कर्षसहित एक दिने बैंक वहिष्कारसहित विरोध प्रदर्शनको घोषणा गरिएको हो ।


संघको सोमबार बसेको कार्य समितिको छैंठौं बैठकले, २४ गते एक दिनभर बैंक वहिष्कार गरी कुनै बैंकिंग कारोवार नगरी विरोध ¥यालीमा सहभागी हुन आम व्यापारी व्यवसायीहरुलाई आग्रह गर्ने निर्णय गरेको छ । चर्को ब्याजदरको विरोधमा संघका पदाधिकारीमध्ये कसैले पनि उक्त दिन बैंकिंग कारोवार नगर्ने सामूहिक घोषणा समेत गरेको महासचिव लक्ष्मण कंडेलले जानकारी दिए ।

२४ गते दिउसो मंगलगढी चौकबाट विरोध ¥याली गरी बजार परिक्रमापछि वीरेन्द्रचौकमा कोणसभा गर्ने र बैंकहरुलाई विरोधपत्र बुझाउने कार्यक्रम रहेको उनले बताए । विरोध र्यालीको तयारीका लागि संघका उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतको संयोजकत्वमा सचिव रामप्रसाद पाण्डे, राजु पाण्डे र प्रेमप्रसाद पाण्डे रहेको समिति पनि गठन गरिएको छ ।

९ प्रतिशतमा लिएको बैंक कर्जाको ब्याज एकाएक १३ प्रतिशतसम्म पु¥याउँदा व्यापार चौपट र व्यापारी पलायन हुनुपर्ने अवस्था आउन लागेको संघका अध्यक्ष धनबहादुर रावतले बताएका छन् ।

बैंकहरुले उत्पादनमूलक उद्योगका लागि प्रवाह गर्ने ऋणमा ७ प्रतिशत र व्यवसायिक क्षेत्रमा ९ प्रतिशतमा नबढाई ब्याजदर कायम नगरे निजी क्षेत्र नै धराशायी हुने भन्दै उहाँले चिन्ता व्यक्त गरे ।

बैंकहरुको सिण्डिकेट र मनोमानीका कारण वाणिज्य बैंकहरुले अहिले औषतमा १२ देखि १४ प्रतिशतसम्म ब्याज असुल्ने गरिएको बताउँदै अध्यक्ष रावतले यसमा तुरुन्त व्याज घटाउन आग्रह गरेका छन् ।

प्रकाशित मितिः मङ्लबार, माघ २२, २०७५     6:27:04 PM
error: Content is protected !!