☰ open Loading... 25 August 2019|   आइतवार, भदौ ८, २०७६

‘सरकार र निर्माण व्यवसायीविच हातेमालोको जरुरी’

  |

सुर्खेत । सरकार र निर्माण व्यवसायीहरुविच हातेमालोको जरुरी रहेको कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । कर्णाली प्रदेश निर्माण व्यवसायी महासघंको प्रथम अधिवेशनको उद्घाटनमा बोल्दै मुख्यमन्त्री शाहीले विकास निर्माणका कामलाई गति दिन दुवै पक्षविच हातेमालो हुन जरुरी रहेको बताएका हुन् ।


निर्माण व्यवसायीहरुले विकास निर्माणका देखिएका अल्झनहरु हटाउन सरकार कटिवद्ध रहेको शाहीको भनाई छ । मुख्यमन्त्री शाहीले सार्बजनिक खरीद ऐन विकासको बाधक भएको बताए । सार्वजनिक खरिद ऐनकै कारण निर्माण व्यवसायी र जनता मारमा परेका समेत उनले बताए । विकास निर्माणका क्रममा निर्माण व्यवसायीले झेल्नु परेका यस्ता समस्यालाई अन्त्य गर्न सरकार पक्ष र निर्माण व्यवसायी हातेमालो गरेर अगाडी बढ्न शाहीको आग्रह छ ।

इतिहासबाट शिक्षा लिइ वर्तमान धरातलमा टेकेर निर्माण व्यवसायी सघंलाइ निर्माण कार्य अगाडी बढान समेत निर्देशन दिए । ‘संघिय व्यबस्थालाइ जोगाउन सकिने नसकिने हाम्रो मुख्य चुनौती हो’ शाहीले भने, ‘यदि संघिय व्यबस्थालाइ जोगाउन सकिएन भने देश दुर्घटनामा पर्ने खतरामा छ ।’ प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सरकार र निर्माण व्यबसायीको सम्बन्ध सुमधुर भएमात्र बिकास निर्माणका कार्यले गति लिने बताए ।

‘सरकारको सार्बजनिक खरीद ऐन निर्माण व्यवसायीले सोचेजस्तो छैन्, सार्बजनिक खरीद ऐन नै संसोधन गरीनुपर्दछ’ ज्वालाले भने, ‘सार्बजनिक खरीद ऐन विकासमैत्री हुन आवश्यक देखिएकाले अब प्रदेश स्तरमा बन्ने सार्बजनिक खरीद ऐन व्यबसायीमैत्री बनाइने छ ।’

तर प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री खड्क बहादुर खत्रीले सार्बजनिक ऐनलाई तत्कालका लागी संशोधन गर्न नसकिने जिद्दि गरेका छन् । निर्माण व्यबसायी लाई त्यसै सार्बजनिक खरीद ऐनमा नै टेकेर काम गर्न उनले आग्रह गरे ।

निर्माण व्यवसायीहरुले भने आफुले काम पुरा गरेपनि सरकार पक्षले भुक्तनि नदिएको गुनासो गरेका छन् । आफुहरु कटिबद्ध भएर काम गर्दापनि सरकारले आफुहरुलाई अबजस मात्र दिएको बताएका छन् । कार्यक्रममा प्रदेश न ५ र कर्णाली प्रदेशका निर्माण व्यवसायी सघंको समेत छ ।

प्रकाशित मितिः मङ्लबार, माघ २९, २०७५     5:47:04 PM
error: Content is protected !!