☰ open Loading... 23 May 2019|   बिहिबार, जेष्ठ ९, २०७६

सुर्खेतका ट्राफिक अभद्र

  |

दैलेख । चेक जाँचका क्रममा सवारी चालकसंग सुर्खेतका ट्राफिकको ब्यवहार अभद्र तथा रुखो हुने गरेको गुनासो सवारी चालकहरुले गरेका छन् । मुस्कान सहित प्रहरी सेवाको मुल नारालाई मात दिएर ट्राफिकहरुले सवारी चालकलाई क्रशित हुने गरी धम्काउने, थकाउने गरेको गुनासो आएको हो ।

शुक्रवार विहान नेपालगंज जाने मुल बाटोमा भएको चेकजाँचका क्रममा ट्राफिक असई नन्दराम जैसीले सवारीलाई अभद्र ब्यवहार गरेका छन् । उनले धम्कीपूर्ण रुपमा ठुलो आवाजमा सवारी चालकलाई अभद्र रुपमा प्रस्तुत भएका थिए । चेकजाँचका क्रममा ट्राफिकले निकै दुःख दिने गरेको सवारी चालक राजु घिसिगले बताए ।

शिष्ट्र भाषामा विस्तारै सवारीचालकसंग आफ्नो काम गनुपर्नेमा सुर्खेतका अधिकाँश ट्राफिकहरु अभद्र रुपमा प्रस्तुत हुने गरेका सवारी चालकहरुले गुनासो गरेका छन् ।

ट्राफिकले दुःख दिने नियतले चेकजाँच हुने गरेको र सडकमा डन शैलीबाट चेकजाँच हुने गरेको गुनासो चालकहरुले गरेका छन् । सुर्खेत ट्राफिक प्रमुख हरिबहादुर विसीसंग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन् ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३, २०७५     4:26:48 PM
error: Content is protected !!