☰ open Loading... 18 April 2024|  

ब्याटमिन्टन संघ सुर्खेत अध्यक्षमा खनाल
  | ४ फाल्गुन २०७५, शनिबार २०:३६

सुर्खेत । जिल्ला व्याड्मिन्टन संघ सुर्खेतको नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ । शनिवार भएको संघको तेस्रो जिल्ला अधिवेशनले महेशकेशर खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ समिति चयन गरिएको हो ।

संघका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सदस्य छविलाल शाहीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीलगायतको उपस्थिति थियोभने सचिव देवकोटाले प्रगति िर कोषाध्यक्ष रविन रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संघको नवनिर्वाचित उपाध्यक्षमा सुरजकुमार डिसी र विक्रम गिरी, सचिव खिमलाल देवकोटा, कोषाध्यक्ष टक्कबहादुर शाही (आजीवन) र सदस्यहरुमा खडानन्द दर्लामी, धनबहादुर खत्री, जयप्रकाश पौडेल र नगेन्द्रबहादुर थापा छन् ।