☰ open Loading... 20 April 2024|  

कर्णाली महाेत्सव शुरू
  | ४ फाल्गुन २०७५, शनिबार २०:५५

सुर्खेत । कर्णाली महोत्सव २०७५ आजबाट शुरु भएको छ । महोत्सवको कर्णाली प्रदेशका कार्यवाहाक मुख्यमन्त्री तथा सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले एक कार्यक्रमका बिच महोत्बसवको उद्धघाट्न गरेका हुन ।


फाल्गुन ३ गते (शुक्रवार) उद्धघाट्न गर्ने आयोजकको तयारी भएपनि मौसमको प्रतिकुलताको कारण उद्धघाट्न एक दिन पछि सारिएको हो ।सुर्खेत चेम्बर अफ कमर्सको आयोजनामा फाल्गुन ११ गतेसम्म सञ्चालन हुने महोत्सवको (शनिवार) आज भव्यताका साथ उद्धघाट्न गरिएको हो ।
महोत्सवको उद्धघाट्न गर्दै कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले महोत्सवको पुर्ण सफलताको कामना गरे ।
उनले कर्णाली सरकार निजी क्षेत्रसंग सहकार्य गरेर सम्बृद्धि तर्फ उन्मुख हुन चाहेको बताए । ‘हाम्रा गौरबका पानाहरु र सम्भावनाका खानीहरुको उत्सव कर्णाली महोत्सव’ अत्यन्तै सान्र्दभिक नारा भएको उल्लेख गर्दै महोत्सवले सम्रग कर्णालीका गौरव र ईतिहासका पानाहरुको खोजी साथै सम्भावनाका खोजीहरको अभियानमा थप सार्थकता प्रदान गर्ने विश्वास व्यक्त गरे ।
बेला बखत सञ्चालन हुने मेला महोत्सवले यस क्षेत्रको व्यापार, पर्यटन संगसंगै यस क्षेत्रको कला साहित्य र भाषा भाषिको जोर्गेना गर्ने उल्लेख गरे ।
कार्यवाहक मुख्यमन्त्री समेत रहेका मन्त्री ज्वालाले कर्णाली महोत्सव २०७५ प्रति आफु र आफ्नो सरकारको पुर्ण सर्मथन रहेको बताए ।
उनले सरकारको तिन खम्बे निति अन्र्तगत निजि क्षेत्र पनि समावेश भएकाले निजी क्षेत्रको प्रर्वद्धन नभएसम्म सरकार र सम्रग मुलुक अघि बढ्न नसक्ने भन्दै कर्णाली सरकार निजि क्षेत्र संग सधै साथमा रहने बताए ।
यसैबिच महोत्सव आयोजक सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणि शर्माले मन्त्री ज्वाला समक्ष निजि क्षेत्रको समस्या र सम्रग कर्णालीका व्यवसायीहरको माग सहितको ११ बुदे ज्ञापन पत्र पेश गरेका छन ।
महोत्सव उद्धघाट्नमा कर्णाली सरकारका भौतिक पुर्वाधार मन्त्री खड्क खत्री,प्रदेश सभाका सांसद अमर थापा , राजु गुईँदेल, मिनासिहं रखाल, विरेन्द्रनगर नगरपलिकाका उपमेयर मोहनमाया ढकाल, नेपाली कांग्रेस सुर्खेतका कोषाध्यक्ष अनन्त पौड्ेल , नेकपाका जिल्ला सदस्य अमृत विसी लगायतले शुभकामना व्यक्त गरे ।
आजका सांगितिक प्रस्तुतिहरु
कर्णाली महोत्सवको पहिलो दिन आज राष्ट्रिय तथा स्थानिय कलाकाहरुले आफ्नो बेजोड सांगितिक प्रस्तुति राखेका छन ।
शनिवार चर्चित लोकदोहोरी गायिका पुर्णकला बिसी, प्रसिद्ध हास्यकलाकार राजा राजेन्द्र, लोक गायक बलु विसी, र सुकदेव अधिकारीले आफ्नो प्रस्तुति दिएका छन ।
यस्तै लोकदोहोरी प्रतियोगिता तर्फ आज १ टिमले प्रतिस्पर्धा गरेका छन । लोेकदोहोरी टिम सिन्धुपाल्चोक तथा लोकदोहोरी टिम जाजरकोट बिच भएको प्रतिस्पर्धामा सिन्धुपाल्चोकले जितेको छ आईतवार भोली आउने कलाकारहरु
कर्णाली महोत्सव २०७५ अन्र्तगत आईतवार पनि विभिन्न स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । आईतवार चर्चित लोकदोहोरी गायक रामजी खाँड, लोक पप गायक अर्जुन कौशल र लोक दोहोरी गायक शक्ति चन्दको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।