☰ open Loading... 15 June 2019|   शनिबार, जेष्ठ ३२, २०७६

कर्णाली महाेत्सवमा दर्शकको अाेइराे

  |

सुर्खेत । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा कर्णाली महोत्सव २०७५ विगत ४ दिनदेखि जारी छ ।

‘हाम्रा गैरवका पानाहरु र सम्भावनाका खानिहरुको उत्सव कर्णाली महोत्सव’ मुख्य नारा तय गरेर सुर्खेत चेम्बर अफ कमस द्धारा आयोजित महोत्सव गत फाल्गुन ४ गते देखि सञ्चालित छ ।

कृषि,व्यापार, र पर्यटन संगसंगै यस क्षेत्रका उत्पादित स्थानीय उत्पादनको प्रचारप्रसार गर्ने उदेश्यले आयोजना गरिएको महोत्सव चौथौ दिनसम्म आईपुग्दा भव्य र सव्य रुपमा सञ्चालन भैरहेको छ ।

यसपटक कर्णाली महोत्सवले दर्शकहरुका लागी बिमाको व्यवस्था समेत गरिदिएको छ । नेपाल सरकार बिमा वोर्डद्धारा मान्यता प्राप्त अजोड ईन्सोरियन्स लिमिटेड क्षेत्रिय कार्यालयले दर्शकहरुका लागी विमाको व्यवस्था गरेको जनाएको हो ।


कर्णाली महोत्सव अवधिभर महोत्सव अवलोकन गर्न आउने कुनै दर्शकको मृत्यु भएमा बिमा कम्पनीले रु १ लाँख बराबरको विमाको व्यवस्था गरेको छ । कहोत्सवमा कुनै झपडा हुलदगां वा कुनै कारण मृत्यु भएको खण्डमा बिमाको व्यावस्था गरिएको हो ।

साथै चोटपटक लागेर घाईत भएमा रु १० हजार बराबरको बिमाको व्यवस्था गरिएको वोर्डका कार्यालय प्रमुख योगेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

महोत्सवको चौथौ दिन मंगलवार पनि विविध गतिविधि सहित महोत्सव सद्भावतापुर्वक सम्पन्न भएको छ ।

अघिल्लो दिनहरुको तुलनामा मंगलवार व्यापारीक गतिविधिहरुमा समेत बृद्धि भएको आयोजकको दाबी छ । मंगलवार हजारौ दर्शकहरुको माँझमा विभिन्न सांगितिक गतिविधि भए ।

मंगलवार चर्चित आधुनिक गायक रुपक डोटेल , लोक दोहोरी गायक टंक तिमिल्सेना , १०५ प्रकारका आवाज निकाल्ने हास्यकलाकार दिपेन्द्र वलीले आफ्ना प्रस्तुति सहित दशृकहरुलाई भरपुर मनोरञ्जन दिए ।

चर्चित आधुनिक गायक डोटेलले वनकी चरी के भन्छे के , चोखो माया लाकै हो, फेसबुकैले बिच्चली बनायो जस्ता उनका सुगम संगित प्रस्तुत गरे, लोकदोहोरी गायक तिमल्सेनाले सनसनी सनसनी यो मुटु खाईरहने, मैना चडी,जस्ता गित प्रस्तुत गरे , यस्तै हास्यकलाकार वलीले विभिन्न बाध्यवाधनहरको धुन सहित कलाकारहरु तथा नेताहरको नक्कल गरेका थिए ।

यसैबिच पहिलो पटक कर्णाली महोत्सव द्धारा आयोजित प्रतियोगितात्मक लोकदोहोरी प्रतियोगितामा मंगलवार पनि ४ टोलीले प्रतिस्पर्धा गरे । जसमा दैलेख र सुर्खेतका टिम विच भएको प्रतिस्पर्धामा दैलेखले जितेको छ र दैलेख अर्को चरणमा प्रवेश गरेको छ ।

मंगलवार नै लोकदोहोरी टिम दाङ्ग र लोकदोहोरी टिम सुदुरपश्चिम विच भएको प्रतिस्पर्धामा भएको दाङ्गले जित्दै अर्को चरणमा प्रवेश गरेको छ । बुधवार देखि दोस्रो चरणमा छनौट भएका ४ टोली मध्यवाट प्रथम , द्धितृय, तृतिय र सात्वना छनोट गरिने दोहोरीका निर्णायक तथा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका पुर्व केन्द्रिय उपाध्यक्ष टिकाराम चपाँईले जानकारी दिए ।

महोत्सवको पाँचौ दिन बुधवार चर्चित ¥यापर मिस्टर आर जे , एक खुट्टाले नृत्य गर्ने नृत्यकार रमा न्यौपाने लगायत स्थानिय कलाकार र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सुर्खेतका कलाकारहरुको बजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, फाल्गुन ८, २०७५     8:01:08 AM
error: Content is protected !!